अनुश्मालाई ‘मिस इको एसिया’ उपाधि « Khabarhub

अनुश्मालाई ‘मिस इको एसिया’ उपाधि


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजिप्टमा आयोजना भएको ‘मिस इको इन्टरनेशनल २०२१’मा नेपालकी सहभागी अनुश्मा रायमाझीले ‘मिस इको एसिया’को उपाधि जितेकी छन् ।

राजधानीमा हिजो सोमबार आयोजित पत्रकार सम्मेलनमा अनुश्माले आफ्नो ‘मिस इको इन्टरनेशनल’ यात्रा र आगामी दिनको योजनाबारे जानकारी दिइन् ।

उनले प्रतियोगितामार्फत देशलाई समेत चिनाएको बताइन् । ‘कार्यक्रममा मैले नेपाललाई सगरमाथा, बुद्धको देशको अलावा विभिन्न कला संस्कृतिले भरिएको राष्ट्रको रुपमा चिनाएँ’, रायमाझीले भनिन्, ‘प्रतियोगिताबाट मैले धेरै देशका बारेमा सिक्ने र जान्ने मौका पाएँ ।’

कार्यक्रममा पूर्व ‘मिस इको इन्टरनेशनल नेपाल’ तथा ‘मिस युनिभर्स नेपाल नग्मा श्रेष्ठ’ले रायमाझीले ‘मिस इको एसिया’ ताज नेपाललाई दिलाएर महत्वपूर्ण उपलब्धि हासिल गरेको बताइन् ।

विभिन्न ६० बढी देशका इको सुन्दरीहरुको सहभागिता रहेको प्रतियोगिता १८ मार्चदेखि ५ जुनसम्म इजिप्टमा आयोजना भएको थियो । २१ वर्षीय रायमाझी कार्यक्रममा नेपालका कल्चरल ड्रेस, सांस्कृतिक र पर्यटकीय स्थानको भिडियोसहित सहभागी भएकी थिइन् ।

कार्यक्रमका लागि रायमाझीको पहिरन ड्रेस डिजाइनर मेगबी श्रेष्ठले तयार पारेकी थिइन् । प्रतियोगिताको लागि आवश्यक विभिन्न प्रशिक्षण अनिला श्रेष्ठले दिएकी थिइन् ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ६ : ०५ बजे

आज २०८२ साल चैत २६ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको