भीडभाड नगरी नयाँ वर्ष मनाउन कांग्रेस सभापति देउवाको आग्रह  « Khabarhub

भीडभाड नगरी नयाँ वर्ष मनाउन कांग्रेस सभापति देउवाको आग्रह 


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाभाइरस (कोभिड–१९) को उच्च जोखिम रहेकाले भीडभाड नगरी नयाँ वर्ष मनाउन आग्रह गरेका छन् ।

नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, “कोभिड–१९ को प्रभार र जोखिम बढ्दै गएको स्थितिलाई दृष्टिगत गरी अनिवार्य रुपमा मास्क, सेनिटाइजरको प्रयोग, भौतिक दूरी कायम गर्ने र भीडभाडयुक्त सार्वजनिक चियापान, भोजभतेर लगायतका कार्यक्रम नगरी सुरक्षित रुपमा नयाँ वर्ष मनाउन सबैमा आग्रह गर्दछु ।”

पूर्वप्रधानमन्त्री समेत रहेको देउवाले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकार असफल र नागरिकप्रति सर्वथा उदासिन रहेको आरोप लगाएका छन् । जनताले लकडाउनको पालना गर्दै अत्यन्त संयम र एकताका साथ कोरोनासँग लडेको उनको विश्लेषण छ ।

यस्तो छ शुभकामना सन्देश

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  १० : ५८ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा