भीडभाड नगरी नयाँ वर्ष मनाउन कांग्रेस सभापति देउवाको आग्रह  | Khabarhub Khabarhub

भीडभाड नगरी नयाँ वर्ष मनाउन कांग्रेस सभापति देउवाको आग्रह 


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाभाइरस (कोभिड–१९) को उच्च जोखिम रहेकाले भीडभाड नगरी नयाँ वर्ष मनाउन आग्रह गरेका छन् ।

नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, “कोभिड–१९ को प्रभार र जोखिम बढ्दै गएको स्थितिलाई दृष्टिगत गरी अनिवार्य रुपमा मास्क, सेनिटाइजरको प्रयोग, भौतिक दूरी कायम गर्ने र भीडभाडयुक्त सार्वजनिक चियापान, भोजभतेर लगायतका कार्यक्रम नगरी सुरक्षित रुपमा नयाँ वर्ष मनाउन सबैमा आग्रह गर्दछु ।”

पूर्वप्रधानमन्त्री समेत रहेको देउवाले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकार असफल र नागरिकप्रति सर्वथा उदासिन रहेको आरोप लगाएका छन् । जनताले लकडाउनको पालना गर्दै अत्यन्त संयम र एकताका साथ कोरोनासँग लडेको उनको विश्लेषण छ ।

यस्तो छ शुभकामना सन्देश

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  १० : ५८ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र