भोलिदेखि मुलुकभर घटना दर्ता विशेष अभियान « Khabarhub

भोलिदेखि मुलुकभर घटना दर्ता विशेष अभियान


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गृह मन्त्रालयले नागरिकको घटना दर्ता गराउने कार्यलाई तीव्रताका साथ अघि बढाएको छ । घटना दर्ता कार्यक्रमलाई प्रभावकारी बनाउन र छुटेकालाई समावेश गर्न बुधबारदेखि मुलुकभर दुई हप्ते घटना दर्ता विशेष अभियान सञ्चालन गर्न लागेको मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

वैशाख १ देखि १६ गतेसम्म मुलकुभर एक साथ अभियान चलाउन लागिएको विभागले जानकारी दिएको छ । उक्त अभियान सबै स्थानीय तहबाट सञ्चालन हुने गरी संयन्त्रसमेत निर्माण गरिएको छ ।

विभागका महानिर्देशक जीतेन्द्र बस्नेतले यस वर्ष घुम्ती शिविरसमेत सञ्चालन गरी विशेष दर्ता अभियान सञ्चालन गर्न लागिएको बताए । नेपाल सरकारले व्यक्तिगत घटना दर्तालाई उच्च प्राथमिकता दिँदै सन् २०२४ सम्ममा जन्म र मृत्यु दर्तालाई शत–प्रतिशत पुर्‍याउने तथा अन्य घटना उल्लेख्यरुपमा वृद्धि गर्ने उद्देश्य राखेको छ ।

नेपालमा हरेक वैशाख १ लाई व्यक्तिगत घटना दर्ता दिवसको रुपमा मनाइँदै आएको छ भने सात गतेसम्म व्यक्तिगत घटना दर्ता सप्ताहको रुमपा मनाउँदै आएको छ । यसपटक भने १६ दिनसम्म विशेष अभियान चलाउन लागिएको हो ।

नेपालमा विसं २०७२ चैत १३ गते काठमाडौँ महानगपालिका १ र १६ बाट अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता अभियानको शुभारम्भ गरिएको थियो । हाल सेवा विस्तार गर्दै मुलुकका छ हजार ७४३ वडामध्ये चार हजार २९६ वडाले अनलाइनमार्फत घटना दर्ता गर्न थालिसकेको छ । स्थानीय तहमार्फत अनलाइनबाट व्यक्तिगत घटना दर्तालाई तीव्रता दिन विभागले प्राविधिक सहयोग, सफ्वेयरलगायत सामग्री खरिदका लागि स्रोतसमेत उपलब्ध गराइसकेको छ ।

विभागले सबै स्थानीय तहलाई वैशाख १६ गतेसम्म शिविर सञ्चालन गरेरै भए पनि घटना दर्ता अभियान सञ्चालन गर्न अनुरोध गरेको छ ।

सरकारले विसं २०३४ देखि नियमित व्यक्तिगत घटना दर्ता गर्दै आएको छ । त्यस बेलादेखिका घटनादर्तालाई समेत अहिले डिजिटलाइजेसन गर्न लागिएको विभागले जानकारी दिएको छ । यस पटक विदेशमा रहेका नेपालीको समेत कूटनीतिक नियोगमा पञ्जीकाधिकारी तोकेर घटना दर्ता गर्ने व्यवस्थासमेत मिलाउने प्रावधान रहेकाले प्रक्रिया अघि बढिसकेको जनाइएको छ ।

यस्तै चालु आर्थिक वर्षमा एक करोड र आगामी तीन वर्षमा शतप्रतिशतलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्य लिएको छ । हालसम्म २८ लाख बढीले परिचयपत्र बनाइसकेका छन् ।

गृह मन्त्रालयले एकमात्र रुपान्तरणकारी आयोजनाको रुपमा राष्ट्रिय परिचयपत्र वितरण तथा घटना दर्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । विभागले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत घटना दर्ता अभियानमा सक्रियताका साथ सहभागी हुन नागरिकलाई आग्रहसमेत गरेको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ८ : ३२ बजे

रास्वपा सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सहिद लखन र इच्छाकामनालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।

भोटेकाेशी बाढी : जलवायुको मूल्य कसले चुकाउने ?

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पानीको सतह

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका