कोरोना संक्रमितलाई ‘रेम्डिसिभिर’ चाहिए यी नम्बरमा गर्नुस् सम्पर्क « Khabarhub

कोरोना संक्रमितलाई ‘रेम्डिसिभिर’ चाहिए यी नम्बरमा गर्नुस् सम्पर्क


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले रेम्डिसिभिर औषधिको मूल्य तोकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी गर्दै प्रति भाइल ४ हजार ९०० रुपैयाँमा रेम्डिसिभिर खरिद गर्न सकिने जानकारी गराएका हुन् ।

कोभिड-१९ को उपचारका लागि हालसम्म कुनै पनि प्रमाणित रुपमा सिफारिस भएको औषधि नभएको बताउँदै उनले कोरोना संक्रमितको उपचारका क्रममा अस्पतालहरुबाट चिकित्सकहरुले रेम्डिसिभिर औषधि सिफारिस गरेमा प्रति भाइल ४ हजार ९०० रुपैयाँमा खरित गर्न सकिने जानकारी दिएका हुन् ।

चिकित्सकहरुले रेम्डिसिभिर औषधि सिफारिस गरेमा आधिकारिक आयातकर्ता आयन हेल्थकेयरले ल्याएको रेम्भिडिसिभिर मात्रै प्रयोग गर्न पनि मन्त्रालयले भनेको छ ।

मन्त्रालयका अनुसार रेम्डिसिभिर लिन जाने व्यक्तिले आफ्नो परिचय पत्रको प्रमाणसहित सम्बन्धित कोभिड अस्पताल वा ती अस्पतालहरुमा उपचाररत संक्रमितका लागि सम्बन्धित चिकित्सको प्रेस्क्रिप्सन चाहिने छ ।

सम्पर्क नम्बर र ठेगाना विज्ञप्तिमा हेर्नुस्

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ७ : ५० बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको