धन सम्पत्ति कमाउनुछ ? यसो गर्नुहोस् (विल गेट्सका टिप्ससहित) « Khabarhub

धन सम्पत्ति कमाउनुछ ? यसो गर्नुहोस् (विल गेट्सका टिप्ससहित)


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज हामी तपाईलाई केही टिप्सहरु सेयर गर्न गइरहेका छौँ । जुन तपाईले पनि फलो गरेर समृद्ध जीवन बनाउन सक्नुहुन्छ ।

– सूर्योदयभन्दा अघि नै उठ्नुहोस् । यसको लागि राति १० बजेअघि नै निदाउनुहोस् । सुत्नुअघि शुभ संकल्प गर्नुहोस् ।

– बिहान उठ्नेबित्तिकै यो अलौकिक प्रकृतिप्रति कृतज्ञ हुनुहोस् । बिहानै ब्रह्ममुहूर्तमा उठ्ने मानिसले ईश्वरीय शक्ति, अपूर्व मेधावी विवेक र ब्रह्मज्ञान हासिल गर्छ। ब्रह्ममुहूर्तमा उठेर धर्म तथा अर्थको चिन्तन गर्ने मानिसले अक्षय धर्म र बेस्सरी सम्पत्ति जोड्न सक्छ ।

– मुस्कुराउनुहोस् ।

– सूर्यको जस्तो शक्ति चाहिएमा सूर्यको पूजन र प्रणाम गर्नुहोस् ।

– बिहान निद्रा खुल्नेबित्तिकै इष्टदेवताको स्मरण गर्नुहोस् र हत्केलामा हेरेर औंलाको टुप्पोमा लक्ष्मी, हत्केलाको मध्यमा सरस्वती र मणिबन्धमा ब्रह्मालाई सम्झेर प्रणाम गर्नुहोस् ।

– ओछ्यानबाट झर्नुअघि तत्कालै दाहिने हत्केलाले पृथ्वीलाई स्पर्श गरेर प्रणाम गर्नुहोस् र त्यसपछि मलमूत्र विसर्जन गर्नुस् । मलमूत्र लामो समयसम्म रोकेर नराख्नुहोस् ।

३१ बर्षमा नै करोडपति बनेका विल गेट्सका प्रेरक भनाई यस्ता छन् ।

– यो संसारमा आफ्नो तुलना कसैसँग पनि नगर्नुहोस्, यसो गर्दा तपाईको मनोबल गिर्न सक्छ वा उच्च महत्वकांक्षी हुँदा पनि स्वयम्को प्रगतिमा बाधा निम्तन सक्छ ।

– एउटा गाह्रो काम गर्नको निम्ति म अल्छी व्यक्तिलाई छान्दछु किनकी अल्छी व्यक्तिले नै सजिलो तरिका पत्ता लगाउन सक्दछ ।

– यदि तिमी गरिब जन्मछौँ भने त्यो तिम्रो गल्ती होइन तर यदि तिमी गरिब नै रहेर मर्दछौ भने यो तिम्रो गल्ती हो ।

– जिन्दगी सधैँ आफूले चाहे जस्तो हुँदैन यसैले जिन्दगीसँग आफूलाई बानी पार्ने गर्नुपर्छ ।

– सफलताको खुशीमा रमाउनु त ठिकै छ तर हामीले ज्यादा ध्यान असफलताले सिकाएको पाठतर्फ लगाउनु पर्दछ ।

– हामी सबैलाई त्यस्तो व्यक्तिको आवश्यकता पर्दछ जसले हामीलाई पृष्ठपोषण र सल्लाह सुझाव दिइरहोस्, यसले नै हामीलाई सुधार्न मद्दत गर्दछ ।

– यदि हामीले अर्को शताब्दीलाई नियाल्छौ भने तिनीहरुले नेतृत्व तिनीहरुको हुनेछ जसले अरुलाई उठ्न मद्दत गर्नेछन् ।

– एउटा निश्चित बिन्दुमा पैसा मेरो लागि कुनै उपयोगी चिज होइन ।

– लिगेसी एउटा मूर्खतापूर्ण कुरा हो, म लिगेसी भन्ने कुरो नै चाहन्न ।

बफेटको पुस्तकबाट साभार

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ४ : ३० बजे

कार्यान्वयन र नतिजामुखी बजेट ल्याउँछौँ : आर्थिक मामिलामन्त्री कार्की

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले

म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट डा लामा सम्मानित

काठमाडौं– म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट खेन्पो छिमेद छेरिङ

कोशी प्रदेशसभा : नीति तथा कार्यक्रममाथि छलफल सुरु

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक वर्ष

क्यान महासंघमा नेतृत्व परिवर्तन : अधिकारीले सम्हाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौं- नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको छाता संगठन, कम्युटर

‘रविको मुद्दा फिर्ताले नेपाल कालोसूचीमा पर्ने जोखिम बढ्यो’

काठमाडौं- नेपाल एक वर्षभन्दा लामो समयदेखि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी