ओलीले डाके एमाले स्थायी कमिटी बैठक | Khabarhub Khabarhub

ओलीले डाके एमाले स्थायी कमिटी बैठक


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक डाकेका छन् ।

बिहान ९ बजे बालुवाटारमा डाकिएको बैठकमा नेपाल-खनाल समूहको माग सम्बोधन गर्नेबारे छलफलको तयारी भएको निकट स्रोतले जनाएको छ ।

सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि ओलीले गरेका सबै निर्णय खारेज गर्दै पार्टी एकता पूर्वको अवस्था (२०७५ जेठ २) मा पुग्नु पर्ने अडान नेपाल-खनाल समूहको छ । ती माग पूरा नभए विपक्षी गठबन्धनलाई सरकार बनाउन पुग्ने गरी सामूहिक राजीनामा दिने तयारी गरेको नेपाल-खनाल समूहलाई रोक्ने प्रयत्नमा ओली छन् ।

यसका लागि नेपाल निवास कोटेश्वरमा विष्णु पौडेल अहिले छलफलका लागि पुगेको बताइएको छ ।

राष्ट्रपतिले बहुमतको सरकार बनाउन दिएको समयसीमा आज सकिँदै गर्दा कांग्रेस नेतृत्वको सरकारलाई सघाउन जसपाभित्र मतक्यैता देखिएको छैन । जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षधरहरु नयाँ सरकारको पक्षमा नरहँदा एमालेको नेपाल-खनाल समूहले राजीनामा दिए नयाँ सरकार बन्ने देखिन्छ ।

तर, राजीनामाबारे माधव नेपाल पक्षमै मतभेद भएको विषय पनि सार्वजनिक भइरहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ८ : ४५ बजे

८१ वर्षको उमेरमा नागरिकता 

उदयपुर– उदयपुरको चौदण्डी गढी नगरपालिका– १ की ८१ वर्षीया कालमाया

घृणा जगाएर अमर बनेका ‘शकुनी’

भारतीय टेलिभिजनको इतिहासमा एक यस्तो पात्र छन्, जसको एक मुस्कान,

सुख्खाग्रस्त मधेशमा वर्षा, किसानलाई राहत

महोत्तरी– लामो समयदेखिको खडेरीले आहत भएका महोत्तरीका किसान वर्षा भएसँगै

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

सिरहा– सिरहाको माडर मुख्य भन्सारअन्तर्गत पर्ने बरियारपट्टी छोटी भन्सारले पछिल्लो

अकबरेखेती गरेका किसानलाई बजारको चिन्ता

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–७ शिवाङका ओमराज मगर बारीमा लहलह फलेको