इजरायल र प्यालेष्टाइनबीच तनाव, नेपालीहरुलाई सुरक्षित रहन राजदूत शाक्यको अपील « Khabarhub

इजरायल र प्यालेष्टाइनबीच तनाव, नेपालीहरुलाई सुरक्षित रहन राजदूत शाक्यको अपील


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- इजरायल र प्यालेस्टाइनबीच हिंसात्मक भिडन्त जारी रहेपछि इजरायलस्थित नेपाली राजदूत डा.अञ्जना शाक्यले नेपालीहरुलाई सुरक्षित रहन अपील गरेकी छन् ।

राजदूत शाक्यले एक विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘विगत केही दिनयता इजरायल र प्यालेष्टाइनबीच तनाव बढ्दै गएको छ । जेरुसेलम र दक्षिण इजरायली क्षेत्रमा सैयौं रकेट आक्रमण भएको छ, हिजो राति मात्रै गाजाबाट तेल अबिबलाई निशाना बनाई १८० भन्दा बढी रकेट प्रहार भएको छ, नेपालीहरू सुरक्षित रहनुहोला ।’

साइरन बज्नासाथ घर भित्र भए बङ्कर, भर्‍याङ वा त्यस्तै सुरक्षित क्षेत्रमा जान तथा झ्याल नजिक नजान र घरबाहिर ननिस्कन उनले अपील गरेकी छन् ।

कुनै समस्या परेमा नेपाली दूतावास वा आफ्नो साथीभाई वा इजरायलमा क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधिहरुलाई सम्पर्क गर्न पनि उनले आग्रह गरेकी छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  १० : १६ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५