‘भेरोसेल’को दोस्रो मात्रा जेठ २ देखि | Khabarhub Khabarhub

‘भेरोसेल’को दोस्रो मात्रा जेठ २ देखि


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको ‘भेरोसेल’को खोपको दोस्रो मात्रा आगामी जेठ २ गतेदेखि लगाउने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले सूचना प्रकाशन गरी पहिलो खोपको मात्रा लगाएका १८ देखि ५९ वर्ष उमेर समूहलाई जेठ ११ गतेसम्म दोस्रो मात्राको खोप लगाइने जनाएको छ ।

कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बुद्धिबहादुर खड्काले आफूलाई पायकपर्ने खोप केन्द्रमा गई खोप लगाउन सबैमा अनुरोध गरेका छन् ।

गत चैत २५ देखि २८ गतेसम्म लगाएकाले जेठ २, चैत २९ र ३० गते लगाएकाले जेठ ३, चैत ३१ र वैशाख २ गते लगाएकाले जेठ ४, वैशाख ३ र ४ गते लगाएकाले जेठ ५ तथा वैशाख ५ र ६ गते लगाएकाले जेठ ६ गते दोस्रो मात्राको खोप लगाउन भनिएको छ ।

यस्तै वैशाख ७ देखि १० गतेसम्म लगाएकाले जेठ ७, वैशाख ११ र १२ गते लगाएकाले जेठ ८, वैशाख १३ गते लगाएकाले जेठ ९, वैशाख १४ गते लगाएकाले जेठ १० र वैशाख १५ गते लगाएकालाई जेठ ११ गते खोप लगाउन अनुरोध गरिएको छ । ‘भेरोसेल’ खोपको पहिलो मात्रा गत चैत २५ देखि वैशाख १५ गतेसम्म लगाइएको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  २ : १२ बजे

इलाममा ६८ प्रतिशत मतदान

इलाम – इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका

वेस्ट इन्डिज ‘ए’ माथि नेपालको शानदार जित

काठमाडौं–  नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको

इलाम-२ मा ५२ प्रतिशत मत खस्यो

फिक्कल– इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

काठमाडौं– आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका लागि

लगानी सम्मेलनको पूर्वसन्ध्यामा सेयर लगानीकर्ता सडकमा (तस्बिरहरू)

काठमाडौं– स्वदेशी लगानीकर्ताको सुरक्षा गर्नुपर्ने भन्दै पूँजीबजार लगानीकर्ता (सेयर कारोबारी)हरूले