प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता जारी | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता जारी


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच अहिले भेटवार्ता जारी छ ।

पार्टीभित्रको आन्तरिक विवाद मिलाउने प्रयास स्वरुपको यो भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

दुई नेताबीच पार्टीभित्र देखिएको पछिल्लो विवाद समाधानका विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

आफूलाई पुनः प्रधानमन्त्री बन्नबाट रोक्न नेपाल समूहले सामूहिक राजीनामा दिने तयारी गरेपछि ओलीले आज बिहान टेलिफोन गरी नेपालसँग भेटको प्रस्ताव गरेका थिए । आजै स्थायी कमिटीको आकस्मिक बैठक बसी नेता नेपालसहित चार नेतामाथि गरिएको कारवाही फुकुवा गरिएको थियो ।

आजै नेता विष्णु पौडेलले बिहान नेपाल निवास पुगेर माधव नेपालसँग छलफल गरेका थिए ।

https://www.facebook.com/surya.thapa.754918/posts/3999703850122089

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  २ : २५ बजे

कुशे औँसी :  संस्कार, श्रद्धा र सामाजिक शिक्षा

नेपालको सांस्कृतिक जीवन सदैव विविध पर्व र परम्पराले समृद्ध रहेको

प्रधानमन्त्री ओलीबाट कुशे औँसीको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुबाको मुख हर्ने दिन भाद्र

वातावरणीय संरक्षणका लागि वृहत वृक्षरोपण

काभ्रे– युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय

दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन– ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर