नगरप्रमुख चिकित्सक लिएर घरघरमा | Khabarhub Khabarhub

नगरप्रमुख चिकित्सक लिएर घरघरमा


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया– बर्दियाको बारबर्दिया नगरपालिकाले होम आइसोलेशनमा बसेका कोरोना सङ्क्रमितको स्वास्थ्य अवस्थाको जानकारी लिन र उपचार गर्न नगरप्रमुख चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली लिएर घरघरमा पुगेका छन् ।

होमआइसोलेशनमा बसेका कोरोना सङ्क्रमितलाई भेट्न नगर प्रमुख दुर्गाबहादुर थारू कबिर चिकित्सकसहितको स्वास्थ्य टोली लिएर घरघरमा पुगेका हुन् ।

वडा नं ६ मा आज नगरप्रमुख स्वास्थ्यकर्मीसहित कोरोना सङ्क्रमित नगरवासीको जानकारी लिन टोली लिएर घरघरमा पुगेका हुन् ।

कोरोना सङ्क्रमितसँगको भेटमा परामर्श र उपचार तथा होमआइसोलेशनको आचारसंहिताका बारेमा जानकारी गराइएको छ । बारबर्दिया स्वास्थ्य शाखाको नेतृत्वमा आरसी थारू मेरोरियल नगर अस्पतालका चिकित्सकसहितका स्वास्थ्यकर्मीको टोलीले सङ्क्रमितको घरघरमा पुगेर परामर्श, उपचार तथा आवश्यक औषधि सिफारिश गरिएको स्वास्थ्य शाखा संयोजक डिल्लीराज शर्माले बताए ।

यस कार्यले कोरोना सङ्क्रमित अनुशासित हुने, सङ्क्रमित खुल्ने, उपचारमा सहज हुने र भावी स्वास्थ्य रणनीति बनाउन सहयोग पुग्ने उद्देश्यले घरमा भेट गरिएको बताइइको छ ।

बारबर्दियाले यसअघि नै कोरोना सङ्क्रमित विपन्न परिवारलाई निःशुल्क औषधि र एम्बुलेन्स सेवा दिँदै आएको छ । हाल बारबर्दियामा २०१ व्यक्ति होमआइसोलेशनमा छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  २ : ५४ बजे

‘सेप्टेम्बरमा १ सय १३ जना पाकिस्तानीलाई बेपत्ता पारियो’

काठमाडौं- यस वर्षको सेप्टेम्बर महिनामा मात्रै पाकिस्तानमा १ सय १३

रास्वपा वार्ता टोली संयोजक बमको चेतावनी : नयाँ दल र स्वतन्त्र नेता एकजुट नभए सबैको भेट जेलमा हुनेछ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वार्ता टोली संयोजक पुकार

एमालेको महाधिवेशनमा ४० वर्षमुनिका युवालाई प्रतिनिधि बनाइने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी(एमाले)को ११ औँ  राष्ट्रिय महाधिवेशनमा ४० वर्षमुनिका

कार्यवाहक राष्ट्रपति यादव र जर्मन राजदूत भोल्जबीच भेट

काठमाडौं– कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका

काठमाडौं महानगरद्वारा लत्रिएका तार व्यवस्थापन सुरु

काठमाडौं– काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रका विभिन्न स्थानमा लत्रिएका तार व्यवस्थापन