नगरप्रमुख चिकित्सक लिएर घरघरमा « Khabarhub

नगरप्रमुख चिकित्सक लिएर घरघरमा


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया– बर्दियाको बारबर्दिया नगरपालिकाले होम आइसोलेशनमा बसेका कोरोना सङ्क्रमितको स्वास्थ्य अवस्थाको जानकारी लिन र उपचार गर्न नगरप्रमुख चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली लिएर घरघरमा पुगेका छन् ।

होमआइसोलेशनमा बसेका कोरोना सङ्क्रमितलाई भेट्न नगर प्रमुख दुर्गाबहादुर थारू कबिर चिकित्सकसहितको स्वास्थ्य टोली लिएर घरघरमा पुगेका हुन् ।

वडा नं ६ मा आज नगरप्रमुख स्वास्थ्यकर्मीसहित कोरोना सङ्क्रमित नगरवासीको जानकारी लिन टोली लिएर घरघरमा पुगेका हुन् ।

कोरोना सङ्क्रमितसँगको भेटमा परामर्श र उपचार तथा होमआइसोलेशनको आचारसंहिताका बारेमा जानकारी गराइएको छ । बारबर्दिया स्वास्थ्य शाखाको नेतृत्वमा आरसी थारू मेरोरियल नगर अस्पतालका चिकित्सकसहितका स्वास्थ्यकर्मीको टोलीले सङ्क्रमितको घरघरमा पुगेर परामर्श, उपचार तथा आवश्यक औषधि सिफारिश गरिएको स्वास्थ्य शाखा संयोजक डिल्लीराज शर्माले बताए ।

यस कार्यले कोरोना सङ्क्रमित अनुशासित हुने, सङ्क्रमित खुल्ने, उपचारमा सहज हुने र भावी स्वास्थ्य रणनीति बनाउन सहयोग पुग्ने उद्देश्यले घरमा भेट गरिएको बताइइको छ ।

बारबर्दियाले यसअघि नै कोरोना सङ्क्रमित विपन्न परिवारलाई निःशुल्क औषधि र एम्बुलेन्स सेवा दिँदै आएको छ । हाल बारबर्दियामा २०१ व्यक्ति होमआइसोलेशनमा छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  २ : ५४ बजे

भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु

काठमाडौं– विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि बन्द भएको हनुमानढोका दरबार

ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको

‘रवि लामिछानेले बनाएको संयन्त्रलाई सरकार र संविधानले चिन्दैन’

काठमाडौं- नेपाली कांग्रेसका सचेतक निश्कल राई प्रधानमन्त्री बालेन्द्र शाहसँग सहकार्य

मधेशवासी समुदायलक्षित आपत्तिजनक नारा पोतेको आरोपमा एकजना पक्राउ

काठमाडौं- काठमाडौंका सार्वजनिक स्थानमा तराई-मधेशका समुदाय लक्षित आपत्तिजनक नारा लेखेको