काठमाडौँ महानगरले ३२ वटै वडामा खोप केन्द्र राख्ने « Khabarhub

काठमाडौँ महानगरले ३२ वटै वडामा खोप केन्द्र राख्ने


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले भेरोसेल खोपको दोस्रो डोज लगाउनका लागि सबै वडामा खोप केन्द्र तोक्ने भएको छ।

पहिलो डोज लगाउने समयमा खोप केन्द्रहरु व्यवस्थित नहुँदा सर्वसाधरणको भीड अत्याधिक भएको र खोप केन्द्रहरुमा जनस्वास्थ्यका मापदण्ड पालना नभएको भन्दै आलोचना भएपछि महानगरले दोस्रो डोज लगाउने कार्यलाई थप व्यवस्थित बनाउन लागेको हो।

सबै वडामा खोप केन्द्र स्थापना हुने भएपछि भीडभाड कम हुनुको साथै जनस्वास्थ्यका मापदण्ड पालना तथा कार्यान्वयनमा पनि सहज हुने र सर्वसाधरण नागरिकले पनि खोप लगाउनकै लागि हिँडेर टाढा जानुनपर्ने भएको छ।

काठमाडौँ महानगरपालिकाका जनस्वास्थ्य प्रमुख हरिबहादुर कुँवरले जनस्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वैशाख २२ गतेको निर्णय अनुसार भेरोसेलको दोस्रो डोज लगाउने कामका लागि महानगरका सबै वडामा खोप केन्द्र स्थापना गर्ने निर्णय गरिएको जानकारी दिए।

उनका अनुसार महानगरले २०७७ चैत २५ गते देखि २०७८ वैशाख १५ गतेसम्म १८ वर्ष देखि ५९ वर्ष भित्रकाले लगाएको भेरोसेल खोपको दोस्रो डोजका लागि जेठ २ गते देखि काठमाडौँको ३२ वटै वडामा खोप केन्द्र सञ्चालन गर्ने तयारी गरेको हो।

काठमाडौँ महानगरपालिका भित्र भेरोसेल खोपको पहिलो डोज लगाएकाहरु १ लाख २५ हजार भएपनि टोखा र बूढानीलकण्ठ नगरपालिकाको पनि आउन सक्ने सम्भावनालाई मध्यनजर गरी १ लाख ५० हजारलाई लगाउने गरि तयारी गरिएको उनले जानकारी दिए।

काठमाडौँ उपत्यकाका तीन जिल्लाका १ लाख ५९ हजार जनाले भेरोसेल खोपको पहिलो डोज लगाएका छन्।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ४ : ०६ बजे

भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु

काठमाडौं– विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि बन्द भएको हनुमानढोका दरबार

ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको

‘रवि लामिछानेले बनाएको संयन्त्रलाई सरकार र संविधानले चिन्दैन’

काठमाडौं- नेपाली कांग्रेसका सचेतक निश्कल राई प्रधानमन्त्री बालेन्द्र शाहसँग सहकार्य

मधेशवासी समुदायलक्षित आपत्तिजनक नारा पोतेको आरोपमा एकजना पक्राउ

काठमाडौं- काठमाडौंका सार्वजनिक स्थानमा तराई-मधेशका समुदाय लक्षित आपत्तिजनक नारा लेखेको