नेपालमा ‘सेल्फी विथ डटर’ अभियान शुरु « Khabarhub

नेपालमा ‘सेल्फी विथ डटर’ अभियान शुरु


३० बैशाख २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पनि ‘सेल्फी विथ डटर’ अभियान शुरु भएको छ । लैङ्गिक समानताका लागि भारतका सुनिल जङ्गलानले थालेको सो अभियान भर्चुअल कार्यक्रम मार्फत नेपालमा पनि शुरु भएको हो ।

महिला सशक्तीकरण तथा लैङ्गिक समानताको मूलमर्म बोकेको यो अभियान सेल्फी विथ डटर फाउण्डेसन भारत र नेपाल इन्टरनेट फाउण्डेसनद्धारा भर्चुअल कार्यक्रम आयोजना गरी मङगलबारबाट नेपालमा सञ्चालन भएको हो । कार्यक्रममा नेपालको तर्फबाट कक्षा आठमा अध्ययनरत तजैना श्रेष्ठ र भारतबाट कक्षा नौमा अध्ययनरत अवनेशी श्रीमलसहित दुवै देशबाट कम उमेरका युवती र महिलाहरुले आफ्ना भनाइहरु राखेका थिए।

नेपाल इन्टरनेट फाउण्डेसनका अध्यक्ष विक्रम श्रेष्ठले नेपालमा अझै पनि छाउपडीलगायतका माहिलालाई दमन गर्ने प्रथाहरु भइरहँदा यो नयाँ अभियानले छोरीहरुको महत्व र अधिकार सुनिश्चित गर्ने बताए । कार्यक्रममा पूर्वमन्त्री गणेश शाहले यो अभियानलाई पूर्णरुपले सहयोग गर्ने बताए । अभियन्ता जङ्गलानाले यो अभियानले गर्दा भारतको हरियाणादेखि मेवात भन्ने गाउँसम्म एकदमै धेरै परिवर्तन ल्याएको बताए ।

कार्यक्रममा बलात्कार, एसिड आक्रमण, आत्महत्याका घटना, महिनावारी विभेदका विभिन्न विषयहरुमा प्रस्तुत गरिएको थियो । अभियानले छोरीहरुको मुहारमा मुस्कान थप्नुको साथै महिलामा हुने भेदभाव, लैङ्गिक असमानता जस्तो व्यवहारमा आमूल परिवर्तन ल्याउने विश्वास गरिएको छ ।

यसमा जोकोहीले आफ्नो छोरीसँग सेल्फी खिचेर सहभागिता जनाउन सक्नेछन् जसलाई अन्तर्राष्ट्रिय मातृ दिवसको अवसरमा पुरस्कृत गरिनेछ । यसमा सहभागी हुन छोरीसँग हाँस्दै गरेको सेल्फी खिचेर सामाजिक सञ्जालमा ह्यासट्याग सेल्फी विथ डटर भनेर राख्नुनुपर्नेछ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ४ : ४१ बजे

लन्डनको ऐतिहासिक रेस्टुरेन्ट भवन संरक्षण संस्थालाई दान

लन्डन– लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्ट सञ्चालन भइरहेको ऐतिहासिक भवन युरोपकै

बडादसैँको टीका, मान्यजनबाट रातो टीका र जमरा लगाइँदै

काठमाडौँ– विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी

कास्कीमा एक महिनामा ३२ फरार प्रतिवादी पक्राउ, १६ लाखभन्दा बढी बिगो असुल

गण्डकी– कास्कीमा प्रहरीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर

११७ वर्षमा पनि जीवनप्रति उत्तिकै उत्साह

एजेन्सी– अल्बानियाकी ११७ वर्षीया कामिल मार्रा सम्भवतः विश्वकै सबैभन्दा वृद्ध