नेपाल बङ्गलादेश बैंकद्वारा ५ हजार भायल रेम्डेसिभिर सहयोग « Khabarhub

नेपाल बङ्गलादेश बैंकद्वारा ५ हजार भायल रेम्डेसिभिर सहयोग


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बङ्गलादेश बैंकले आफ्नो विदेशी संस्थापक बङ्गलादेशको आईएफआईसी बैंकसँग मिलेर संस्थागत सामाजिक उत्तरदयित्व अन्तर्गत नेपाल सरकारलाई ५००० भायल रेम्डेसिभिर सहयोग प्रदान गरेको छ ।

उक्त औषधि बङ्गलादेशका लागि नेपालका राजदूत महामहिम बंशीधर मिश्रलाई ढाका स्थित नेपाली दूतावासमा नेपाल बंगलादेश बैकको संस्थापक आईएफआईसी बैंकको सहयोगमा हस्तान्तरण गरिएको हो ।

साथै बङ्गलादेश सरकारले पनि थप ५००० भायल रेम्डेसिभिर औषधि सहयोग स्वरुप प्रदान गरिएको र उक्त औषधि बङ्गलादेश बाट नेपालका लागि पठाइसकेकोे जनाइएको छ ।

यसअघि पनि नेपाल बङ्गलादेश बैकले आफ्नो विदेशी संस्थापक बङ्गलादेशको आईएफआईसी र बङ्गलादेशको बेक्सिम्को फर्मास्यूटिकल कम्पनी संग मिलेर ५००० भायल रेम्डेसिभिर नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको थियो ।

बैकले सामाजिक उत्तरदायित्वलाई सधै उच्च प्राथमिकतामा राख्ने गरेको छ । हाल बैंकले ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ५ : ०० बजे

सवारी नियम उल्लंघन गर्ने १७ सय बढी चालक कारबाहीमा

काठमाडौँ– बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार

वैदेशिक रोजगारीको प्रलोभनमा करिब ९२ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर ९१

विस्केट जात्रा : ऐतिहासिक, सांस्कृतिक र तान्त्रिक महत्त्वको जात्रा

काठमाडौं- सांस्कृतिक सहर भक्तपुरमा हरेक वर्ष मनाइने विस्केट जात्रा सुरु

मेकिङमा नायिकाहरू : केही अरुका लागि, केही आफ्नै लागि

काठमाडौं – सफल नायक करिअरपछि मेकिङमा आउनेमा भुवन केसी, विराज

प्रधानमन्त्री वालेनको आवाजै नसुनि अन्त्य भयो नयाँ संसदको पहिलो अधिवेशन

काठमडौँ– प्रतिनिधिसभाको पहिलो अधिवेशन गएरातिबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको