नेपालमा ८ हजार ९६० संक्रमित थपिए, २१४ को मृत्यु | Khabarhub Khabarhub

नेपालमा ८ हजार ९६० संक्रमित थपिए, २१४ को मृत्यु


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ९६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १९ हजार ४७४ जनाको पीसीआर परीक्षण र ७७१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८ हजार ९६० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ ।

काठमाडौँ उपत्यकामा थपिए ३ हजार ५६२ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३ हजार ५६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २ हजार ७३३, भक्तपुरमा ३४८ र ललितपुरमा ४८१ जनामा गरी कुल ३ हजार ५६२ जना थपिएको जानकारी दिएका हुन् ।

यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी ३ हजार ९२४ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

कुन उमेर समूहमा कति संक्रमित थपिए ?

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार ३०-३९ वर्ष उमेर समूहका सबैभन्दा धेरै २०६१ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ कुन उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-
०-९ वर्ष – २०८
१०-१९ वर्ष – ६२५
२०-२९ वर्ष – १९४९
३०-३९ वर्ष – २०६१
४०-४९ वर्ष – १६००
५०-५९ वर्ष – १२०७
६०-६९ वर्ष – ६०३
७०-७९ वर्ष – ३१९
८०-८९ वर्ष – ९७
९०-१०० वर्ष- १९
अज्ञात – ५४

कुन जिल्लामा कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ८, उदयपुरमा २३, ओखलढुंगामा २, खोटाङमा २, झापामा २५८, ताप्लेजुङमा १८, धनकुटामा १७, पाँचथर २, भोजपुरमा १०, मोरङमा ३५८, संखुवासभामा ५४, सोलुखुम्बु १० र सुनसरी २२१ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा २०४, पर्सामा ९९, बारामा २१, महोत्तरीमा ८५, रौतहटमा ६६, सप्तरीमा ९२, सर्लाहीमा २३ र सिरहामा २३ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार ७३३ जनामा कोरोना भेटिएको छ। काभ्रेमा १६०, चितवनमा २९३, दोलखामा ७, धादिङमा ७८, नुवाकोटमा २१, भक्तपुरमा ३४८, मकवानपुरमा ६, रसुवामा ११, रामेछापमा ६७, ललितपुरमा ४८१, सिन्धुपाल्चोकमा ७४ र सिन्धुली ४५ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा २३७, गोरखामा ९२, तनहुँमा ३१, नवलपरासी पूर्वमा १२९, पर्वत ५, म्याग्दी ५, लमजुङमा ११, बागलुङमा ८ र स्याङजामा २२ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २६, कपिलवस्तुमा ५३, गुल्मीमा १३, दाङमा २१७, नवलपरासीमा ३५, पाल्पामा ६२, प्यूठानमा २४, बर्दियाका ४४, बाँकेमा २५२, रुपन्देहीमा ५११ र रोल्पामा ६३ जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा २४, जाजरकोटमा ५, जुम्ला १४, डोल्पा २, दैलेखमा ३४, रुकुम पश्चिममा ४२, सल्यानमा १४३, सुर्खेतमा १५९ र हुम्लामा २ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ४९, कञ्चनपुरमा १८२, कैलालीमा ३७०, डडेल्धुरामा ३८, दार्चुला १३, बझाङमा ४, बाजुरामा २ र बैतडीमा ८९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार हजार नाघ्यो

कोरोना भाइरस सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार नाघेको छ ।

पछिल्लो केही दिन यता निको हुने भन्दा नयाँ संक्रमित थपिनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार नाघेको हो ।

मन्त्रालयको आजको तथ्यांक अनुसार सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ रहेको छ । यसअघि हिजो बुधबारसम्म सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ६३४ थियो ।

यी हुन् ‘रेड जोन’मा रहेका नेपालका ५१ जिल्ला

नेपालका ५१ जिल्लामा कोरोना भाइरस संक्रमणको दर तीव्र देखिएको छ । मन्त्रालयको तथ्यांक अनुसार ५१ जिल्ला ‘रेड जोन’मा रहेका छन् ।

जसमध्ये ३३ जिल्लामा पाँच सयभन्दा बढी र अन्य १८ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयका अनुसार प्रदेश १ को मोरङ, सुनसरी, झापामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । प्रदेश २ को पर्सा, धनुषा, महोत्तरी, रौतहट र बारामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक र नुवाकोटमा पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी गण्डकी प्रदेशको कास्की, गोरखा, नवलपरासी पूर्वमा पनि पाँच सय भन्दा बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया, पाल्पा, रुपन्देही, अर्घाखाँची, नवलपरासी पश्चिम र कपिलवस्तुमा पनि पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, बैतडी र अछाम पनि पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी, प्रदेश २ को सर्लाही, सप्तरी र सिरहामा २ सय भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् । त्यस्तै बागमती प्रदेशको सिन्धुली , रामेछाप, दोलखा र रसुवामा २ सय बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी गण्डकी प्रदेशको पर्वत, तनहुँ, म्याग्दी, स्याङ्जा र लमजुङ पनि २ सय बढी सक्रिय संक्रमित रहेका छन् । लुम्बिनी प्रदेशको गुल्मी र रोल्पा दुई सय बढी संक्रमित रहेका छन्।

कर्णाली प्रदेशको दैलेख र सल्यान २ सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यसैगरी सुदुरपश्चिम प्रदेशको डडेलधुरा र डोटी दुई सयभन्दा बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

१ हजार ७६१ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा

मन्त्रालयका अनुसार १ हजार ७ सय बढी कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल १ हजार ३८१ कोरोना संक्रमितको आईसीयूमा र ३८० को भेन्टिलेटरमा गरी कुल १ हजार ७६१ जना उपचाररत छन्।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १८० जना आईसीयूमा र ५३ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा १७९ आईसीयूमा र ४३ जनाको भेन्टिलेटर उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ६३८ जना आईसीयूमा र २३१ जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा ८८ जना आईसीयूमा र १८ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १३६ जना आईसीयूमा र १३ जना भेन्टिलेटरमा, कर्णालीमा ११० जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ५० जना आईसीयू र १४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

थप ५ हजार ५५ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ५५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।
योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख २१ हजार ५१८ पुगेको छ ।

थप २१४  कोरोना संक्रमितको मृत्यु

नेपालमा थप २१४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा २१४ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन् ।

उनका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ४ हजार ४६६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ५ : ५० बजे

पाकिस्तानको खैबर पख्तुनख्वाका शिक्षक आन्दोलित

काठमाडौं – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तका शिक्षकआन्दोलित भएका छन् ।

खोटाङमा नदी आसपासका स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह

खोटाङ – जिल्ला प्रशासन कार्यालय खोटाङले नदी आसपासमा बसोबास गर्ने

ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं – क्यानडामा जारी टी ट्वान्टी सिरिजको आफ्नो अन्तिम खेलमा

जनार्दन पक्षका विद्यार्थी भन्छन् : सम्मेलन बिथोल्न प्रचण्डकै भूमिका छ

काठमाडौं – नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (अखिल क्रान्तिकारी)को २३

१६ बर्षपछि पर्दामा निरुता सिंह र उत्तम प्रधानको जोडी

काठमाडौं – अभिनेत्री निरुता सिंह र अभिनेता उत्तम प्रधानको जोडी