नेपाल समूहका सांसदको राजीनामा तत्काललाई टर्‍यो (भिडियोसहित) « Khabarhub

नेपाल समूहका सांसदको राजीनामा तत्काललाई टर्‍यो (भिडियोसहित)

ओली र नेपाल सहमति नजिक


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।

व्यवसायी क्याप्टेन रामेश्वर थापाको निवास बुढानीलकण्ठमा भएको भेटवार्तापछि वरिष्ठ नेता नेपालले तत्कालका लागि आफूहरूको राजीनामा टरेको बताएका छन् । भेटवार्तामा ओली र नेपाल सहमति नजिक पुगेका छन् ।

बैठकपछि बाहिँरिदै वरिष्ठ नेता नेपालले फेरी बैठक बसेर समस्या समाधान गर्ने सहमति बनेको जानकारी दिए । उनले आज राजीनामा दिने विषय अब टरेको बताए । उनले भने, ‘राजीनामा दिने कुरा आज भएन । अब सहमतिको आधारमा टुंगो लाग्छ ।’

अध्यक्ष ओलीसँगको छलफलका क्रममा नेता नेपालले सर्वोच्च अदालतको फैसलापछि गरेका सबै निर्णय फिर्ता लिन आग्रह गरेको जानकारी दिए । उनले भने, ‘मिल्ने दिशामा अघि बढ्न खोजेका छौं । सबै कुराहरु आगामी बैठकपछि टुंगो लाग्छ ।’

हेरौँ भिडियो

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ६ : २० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना