फिनल्याण्डले डेनमार्कलाई हरायो, बोहोस खेलाडी एरिक्सनको स्वास्थ्यमा सुधार | Khabarhub Khabarhub

फिनल्याण्डले डेनमार्कलाई हरायो, बोहोस खेलाडी एरिक्सनको स्वास्थ्यमा सुधार


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिनल्याण्डले १६औँ संस्करणको युरोकप फुटबलमा डेनमार्कलाई हराउँदै विजयी सुरुवात गरेको छ ।

कोपनहेगनमा शनिबार राति भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई १-० गोलले हराएको हो ।

फिनल्याण्डको जितमा जोएल पोहनपालोले ५९औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

यस्तै डेनमार्क पेनाल्टीमा गोल गर्न चुकेको थियो । खेलको ७४औँ मिनेटमा पिएरे इमिल गोल गर्न चुकेका थिए । फिनल्याण्डका खेलाडीले युसुफ पाउलसेनलाई लडाएपछि पाएको पेनाल्टीमा इमिलको प्रहार फिनल्याण्डका गोलकिपर लुकासले बचाएका थिए । युरोकपमा फिनल्याण्डको यो ऐतिहासिक जित हो  ।

फिनल्याण्डले ऐतिहासिक जित निकाल्दा डेनमार्कले भने दुखद घटनाको सामना गर्नु परो । डेनमार्कका विंगर क्रिस्टियन एरिक्सन बेहोस भएर मैदान ढलेपछि डेनमार्क स्तब्ध भएको थियो । खेलको ४३औं मिनेटमा एरिक्सन अचेत भएका थिए ।

उनलाई आकस्मिक उपचारका लागि अस्पताल लगिएको थियो । पछि उनको होस खुलेपछि खेल फेरि शुरू भएको थियो । हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको डेनिस फुटबल एसोसियनले जनाएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ७ : ४० बजे

डढेलोका घटना रोकथाममा लाग्न मुख्यमन्त्रीको अधिकारीको आग्रह

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सुक्खा मौसमसँग फैलिरहेको

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

काठमाडौं – सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका

इलाममा अग्रता बढाउँदै सुहाङ, डम्बर ६ हजार ५ सय मतले पछाडि

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार