लागुऔषधसहित बाराबाट २ जना पक्राउ « Khabarhub

लागुऔषधसहित बाराबाट २ जना पक्राउ


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- लागुऔषधसहित बाराको जीतपुरबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार शनिबार बिहान बाराको जीतपुर उपमहानगरपालिका ७ बाट पर्साका २० वर्षीय शारुख खान मिया र २६ वर्षीय गयासुदिन मियाँलाई लागुऔषधसहित पक्राउ  गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शारुकको साथबाट प्रहरीले बीआर २२ डि ४१४४ नम्बरको मोटरसाइकलसहित १०० एमएलको वनरेक्स २३० बोतल र गयासुदिनको साथबाट बा १५ प १७५२ नम्बरको मोटरसाइकलसहित १०० एमएल वनरेक्स ५ बोतल र नाइट्राभेट १० लेखिएको ७२ पिस ट्याबलेट बरामद गरिएको छ ।

उनीहरूमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ११ : २५ बजे

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

म्याग्दी – धवलागिरि गाउँपालिका–१ गुर्जा सडक सञ्जालमा जोडिएको छ ।

अन्तर्राष्ट्रिय फुटबलबाट बाहिरिने तयारीमा लेवान्डोव्स्की : लेखे भावुक पोस्ट

काठमाडौँ – पोल्यान्डका कप्तान तथा कीर्तिमानी स्ट्राइकर रोबर्ट लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय

आजको मौसम पूर्वानुमान: पहाडी तथा हिमाली क्षेत्रमा वर्षा, तराईमा हुरीको चेतावनी

काठमाडौँ – हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

‘खुला पाठशाला’ : पिपलको फेदमा बोरा ओछ्याएर चन्द्र सरको निःशुल्क ट्युसन कक्षा

धरान- इटहरीस्थित टेङ्ग्रा खोलाको किनार छेवैको एउटा गल्ली । पिपलको

सञ्चारमन्त्रीको निर्देशनपछि सार्वजनिक बिदाको दिन पनि हुलाकबाट सेवा लिन सकिने

काठमाडौँ – सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेशमा सामान