शेयर कारोबारमा चलखेल भएको पाइएपछि 'एओएन' बन्द गर्न निर्देशन | Khabarhub Khabarhub

शेयर कारोबारमा चलखेल भएको पाइएपछि ‘एओएन’ बन्द गर्न निर्देशन


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल धितोपत्र बोर्डले अनलाइनबाट शेयर कारोबार गर्न सकिने ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा हुने ‘अल अर नन’ (एओेएन) को दुरुपयोग भएको पाएपछि बन्द गर्न निर्देशन दिएको छ ।

बोर्डको निर्देशनपछि नेपाल स्टक एक्सचेन्जले नयाँ व्यवस्था लागू गर्दै आइतबारदेखि एओएन नै रोक्का गर्ने भएको हो । ठूला लगानीकर्ताहरुले टीएमएसमा कृत्रिम खरिद तथा बिक्री चाप देखाई चलखेल गर्ने गरेको बोर्डको निष्कर्ष छ ।

कृषिमा अर्डर देखाएर शेयर मूल्य घटबढ गराउन खोजिएको जस्तो देखिएकाले कारोबार सम्बन्धी विद्यमान व्यवस्थामा केही फेरबदल गर्न नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिए । उनका अनुसार नेप्सेलाई भोलिदेखि नै लागू हुने गरी निर्देशन दिइएको छ ।

टीएमएसमा एओएन भन्ने अप्सन रहेको हुन्छ । यो सिस्टम भनेको लगानीकर्तालाई चाहिए जति पाएमात्रै किन्न वा बेच्न सहज होस् भनेर बनाइएको सिस्टम हो ।

नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीले अहिलेको व्यवस्थाले सक्रिय र पुराना लगानीकर्ताहरु नझुक्किए पनि नयाँ लगानीकर्ताहरु भने झुक्किन सक्ने खतरा रहेकाले नयाँ व्यवस्था पछि केहि सहज हुने बताए ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ४ : २० बजे

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड

सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१