३८ अंकले बढ्यो नेप्से, १९ अर्ब ५५ करोडको कारोबार « Khabarhub

३८ अंकले बढ्यो नेप्से, १९ अर्ब ५५ करोडको कारोबार


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक नेप्से ३८.३२ अंकले बढेर २९८३.११ बिन्दुमा पुगेको छ।

आज २२० कम्पनीको ३ करोड ७० लाख ७६ हजार कित्ता शेयर खरीदबिक्री हुँदा १९ अर्ब ५५ करोड १ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। एकैदिन कारोबार यो रकम हालसम्मकै उच्च रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

आज कारोबारमा १२७ वटा कम्पनीको शेयर मूल्य बढ्दा ८८ वटा कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मूल्य स्थिर छ।

आज नेप्से उपसमूहमा रहेका १३ समूहमध्ये ७ वटामा हरियाली छाएको छ । आज विकास बैंक समूह सर्वाधिक ८.२४ प्रतिशतले उकालो लागेको छ। वित्त समूह ७.१४ प्रतिशतले बढेको छ भने जलविद्युत समूहमा ६.१ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ४.७३ प्रतिशत, लगानी समूहमा २.३८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.९८ प्रतिशत र बैंकिङ समूहमा ०.४२ प्रतिशत बढेको छ ।

यो दिन व्यापार समूह सर्वाधिक १.०६ प्रतिशतले ओरालो लागेको छ। जीवन बीमा समूह ०.७९ प्रतिशतले घटेको आज निर्जीवन बीमा समूहमा ०.१५ प्रतिशत, अन्य समूहमा ०.३८ प्रतिशत, लघुवित्त समूहमा ०.३८ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०११ प्रतिशतको गिरावट आएको छ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ५ : १६ बजे

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म