संवैधानिक निकायहरूमा हुन लागेको नियुक्ति रोक्न माग गर्दै सर्वोच्चमा रिट | Khabarhub Khabarhub

संवैधानिक निकायहरूमा हुन लागेको नियुक्ति रोक्न माग गर्दै सर्वोच्चमा रिट


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरी संवैधानिक निकायमा गरेका नियुक्त रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

संवैधानिक परिषदको वैशाख २६ गतेको बैठकले विभिन्न संवैधानिक निकायमा नियुक्ति सिफारिस गरेका व्यक्तिको नियुक्ति रोक्न माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गरेका हुन् ।

उनले रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री र प्रधानमन्त्री, संवैधानिक परिषद्को सचिवालय र सभामुखलाई विपक्षी बनाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख २१ गते मन्त्रिपरिषद्को सिफारिसमा दोस्रो पटक संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश जारी गरेकी थिइन् । उक्त अध्यादेश अनुसार वैशाख २६ गते संवैधानिक परिषदको बैठक बसेर लोक सेवा आयोगलगायत विभिन्न संवैधानिक आयोगमा २० जना पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको थियो ।

संवैधानिक परिषदबाट सुनुवाइका लागि सिफारिस प्राप्त भएको ४५ दिनभित्र संसदीय सुनुवाइ समितिबाट अनुमोदन हुनुपर्ने प्रावधान छ । तर हाल संसद विघटन भई सुनुवाइ समिति नरहेको अवस्थामा ४५ दिन कटेको भनी राष्ट्रपतिबाट नियुक्त गर्ने तयारी भएकाले उक्त नियुक्ति रोक्न माग गरेको रिट निवेदक अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ५ : ५८ बजे

सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

किमाथाङ्का– जिल्लाको माथिल्लो क्षेत्रमा वर्षासँगै हिमपात हुँदा जनजीवन प्रभावित भएको

सन् २०२४ मा मनास्लु क्षेत्रमा पुगे १० हजार विदेशी पर्यटक

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा एक वर्षमा १० हजारभन्दा बढी

‘शुद्ध खानेपानीको व्यवस्था गर्न सरकार क्रियाशील छ’

धनगढी– खानेपानीमन्त्री प्रदीप यादवले देशका सबै नागरिकमा शुद्ध पेयजलको व्यवस्था

नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

 काठमाडौं– नारायणी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । 

सुनको मूल्य ५ सय रुपैयाँले बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

 काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्ला दुई