जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप दिने « Khabarhub

जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप दिने


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जापान सरकारले नेपाललाई कोभ्याक्स कार्यक्रममार्फत करिब १६ लाख डोज कोरोना खोप दिने भएको छ ।

मंगलबार काठमाडौँस्थित जापानी राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै नेपाललाई १६ लाख डोज खोप प्राप्त हुने बताएको छ ।

जापानी विदेशमन्त्री मोतेगी तोसिमितुले नेपाललाई सो परिमाणको खोप प्रदान गर्ने घोषणा गरेका हुन् ।

जापानले नेपाललाई एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीले विकास गरेको खोप दिन लागेको हो । यो खोप कोभिशिल्ड खोपको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकले पनि लगाउन मिल्छ ।

जापानी दूतावासका अनुसार उक्त खोप नेपालले जुलाईको मध्यदेखि एक महिनाभित्र बीचमा प्राप्त गर्नेछ । यद्यपि खोप आउने तालिका भने अन्तर्राष्ट्रिय संगठनसँगको खरिद सम्झौता पूरा भएपछि मात्र सार्वजनिक गरिने दूतावासले सार्वजनिक गरेको विज्ञप्तिमा जनाइएको छ ।

दूतावासले यो खोप जापानबाट ल्याउने र नेपालमा वितरण गर्ने कार्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सहकार्य गर्ने उल्लेख गरेको छ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ३ : ४३ बजे

भरौल गोल्डकप : चित्लाङ फुटबल क्लब सेमिफाइनलमा

सुनसरी – चित्लाङ फुटबल क्लब नवौँ अन्तर्राष्ट्रिय भरौल गोल्डकपको सेमिफाइनलमा

नयाँ शैक्षिक सत्रको भर्ना वैशाख १५ देखि शुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौँ – नेपाल सरकारले नयाँ शैक्षिक सत्र २०८३ वैशाख १५

नेपाल ‘ए’ले ओमान, स्कटल्यान्ड र अमेरिकासँग खेल्ने

काठमाडौं – नेपाल ‘ए’ क्रिकेट टोलीले तीन देशसँग खेल्ने एक

लेबनान युद्धविरामको ‘अविभाज्य भाग’ : इरानी सभामुख

तेहरान – लेबनान अमेरिकासँग लागु गरिएको दुई हप्ताको युद्धविरामको एक

झापामा असिनापानीले कृषि क्षेत्रमा तीन अर्बको क्षति

झापा – फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र