‘लाल सिंह चड्डा’को सुटिङ सेटमा फोहोर थुप्रिएपछि स्थानीय आक्रोशित « Khabarhub

‘लाल सिंह चड्डा’को सुटिङ सेटमा फोहोर थुप्रिएपछि स्थानीय आक्रोशित


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– अभिनेता आमिर खान आफ्नो फिल्म ‘लाल सिंह चड्डा’को सुटिङमा व्यस्त छन् । यो फिल्मलाई उनी क्रिसमसमा रिलि जगर्न चाहन्छन् । तर यो फिल्म रिलिज अघि नै विवादमा तानिएको छ ।

यो फिल्मको पछिल्लो सुटिङ लद्दाखको वाखा गाउँमा भएको थियो । फिल्म युनिटले त्यहाँ फोहोर गरेको भिडियो सामाजिक सञ्जालमा आएपछि अहिले भाइरल भइरहेको छ । यो भिडियो जिग्मत लद्दाखी नामक ट्वीटर प्रयोगकर्ताले पोस्ट गरेका छन् । जुन भिडियोमा उक्त गाउँमा फोहोर जम्मा भएको देख्न सकिन्छ ।

‘लद्दाखको वाखा गाउँबासीका लागि बलिउड स्टार आमिर खानले दिएको उपहार हो । जुन उपहार फिल्म ‘लाल सिंह चड्डा’ निर्माण युनिटले छोडेको हो । आमिर आफैं सत्यमेव जयतेमा पर्यावरणको सफाई गर्नुपर्ने ठूला कुरा गर्छन । जब आफ्नो कुरा आउँछ, अनि यस्तै हुन्छ’, उनले लेखेका छन् ।

अर्का प्रयोगकर्ताका अनुसार लद्दाखको कारगिल जिल्लामा रहेको यो गाउँ हाल डम्पिङ साइट जस्तै भएको छ । जहाँ प्लाष्टिकका बोतल र फोहोर थुप्रिएको छ ।

समाचार अनुसार सन् २००६ मा रिलिज फिल्म ‘रंग दे वसन्ती’को समयमा पनि यस्तै भएको थियो । फिल्म युनिटले नाहरगढ वन्यजन्तु आरक्षमा छायांकन गर्दा त्यहाँ वियरको बोतलको थुप्रो जम्मा भएको थियो । त्यसपछि स्थानीय युवाले त्यहाँबाट झण्डै ३ टन बोतल निकालेका थिए ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ४ : ४० बजे

इरान–अमेरिका तनाव चर्किँदा इन्धनको मूल्यमा उच्च वृद्धि

एजेन्सी– इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी

रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन 

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा शान्तिको

महिलाले राजविराज अस्पतालबाहिर बच्चा जन्माएकोबारे स्वास्थ्यमन्त्री : लापरबाही देखिए कडा कारबाही गरिन्छ

काठमाडौं- राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै महिलाले बच्चा जन्माएको

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,

इरान-अमेरिका तनाव चुलिँदा इन्धनको मूल्यमा चर्को वृद्धि

वाशिङ्टन डीसी- इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा