पाँच मन्त्रालय सम्हाल्दा नयाँ अनुभव भयो : मन्त्री श्रेष्ठ | Khabarhub Khabarhub

पाँच मन्त्रालय सम्हाल्दा नयाँ अनुभव भयो : मन्त्री श्रेष्ठ


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाँच मन्त्रालयको नेतृत्व सम्हालेका मन्त्री कृष्णगोपाल श्रेष्ठ आजदेखि बिदा भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा जनसङ्ख्या, वन तथा वातावरण, युवा तथा खेलकूद र श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले उनलाई बिदाइ गरेको हो ।

मन्त्री श्रेष्ठ १९ दिनमा शिक्षा मन्त्रालयबाहेक चार मन्त्रालयमा करिब एक दर्जन महत्वपूर्ण काम गर्न सफल भएका छन् । बिदाइ समारोहमा उनले अमेरिकी सरकारले कोभ्याक्स सुविधाअन्तर्गत उपहारस्वरुप दिएको जोन्सन एण्ड जोन्सन कम्पनीको खोप ल्याउन आफू सफल भएको भन्दै चीनबाट करीब ४० लाख खोप खरिद गर्न सम्झौता गरिसकिएको बताए । स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हालेलगत्तै उनले यस वर्षभित्र सबै नागरिकलाई खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।

कार्यभार सम्हालेकै दिन चीनबाट खोप खरिद गर्ने सम्झौता गरेका मन्त्री श्रेष्ठ त्यसको एक साताभित्र आठ लाख मात्रा खोप ल्याउन सफल भएका छन् । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले मन्त्री श्रेष्ठको कार्यशैलीका कारण काम गर्न सहज भएको बताए । उनको कार्यकालमा तीन मुलुकबीचको फुटबल खेलमा पहिलो स्थान हासिल गर्ने फुटबल खेलाडीलाई नगद पुरस्कार र युवा परिषद्को बैठक सम्पन्न भएको थियो ।

मन्त्री श्रेष्ठले गत असोज २९ गतेदेखि शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । गत पुस १२ गतेदेखि शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका श्रेष्ठले मन्त्रालयअन्तर्गत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको गत वर्ष स्थगित कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गरेका थिए । उनको कार्यकालमा विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपतिसहितका पदाधिकारीको नियुक्ति भएको थियो ।

मन्त्री श्रेष्ठले आफूले जे जस्तो काम गरे पनि मन्त्रालयका सचिवलगायत कर्मचारीको सहयोगले सम्भव भएको बताए । “सबै क्षेत्रमा आमूल परिवर्तन गर्ने सोच थियो, तर कम समय भएकाले सम्भव भएन, जति काम सम्पन्न गरेँ, त्यसमा मलाई खुशी लागेको छ”, उनले भने, “पाँच वटा मन्त्रालयका बारेमा सिक्ने मौका पाएँ, एक पटकमा पाँच मन्त्रालयको जिम्मा पाएर इतिहास कायम गर्न सफल भएको महसुस गरेको छु ।”

कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले आफूले १४६ दिनसम्म काम गर्ने मौका पाउँदा मन्त्री श्रेष्ठसँग धेरै विषयमा जानकारी हासिल गर्न पाएको बताए । तीन दिनअघि मात्रै विज्ञान मन्त्रालयको कार्यभार सम्हाल्नुभएका विज्ञान सचिव सुरेश आचार्यले मन्त्रीको कार्यशैलीका बारेमा आफूलाई जानकारी भएको बताए ।

युवा मन्त्रालयका सचिव केदार न्यौपाने, श्रम मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, वन मन्त्रालयका सचिव प्रेम कँडेल, स्वाथ्य मन्त्रालयका सचिव अर्याल र शिक्षा मन्त्रालयका सचिवद्वय थपलिया र आचार्यले बिदा भएर जान थालेका मन्त्रीलाई आगामी यात्राको शुभकामना व्यक्त गरे।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  १० : ०१ बजे

घेराबन्दीमा रहे पनि आफ्नो कर्तव्य भुलेको छैन : रवि लामिछाने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घेराबन्दीमा

कोशी प्रदेशले आउँदो माघमा लगानी सम्मेलन गर्ने

विराटनगर । कोशी प्रदेश सरकारले आगामी माघ ११, १२ र

पहिरो गएपछि मेची राजमार्ग अवरुद्ध, यातायात ठप्प

इलाम – मेची राजमार्गको इलाम नगरपालिका–९ स्थित माईखोला छेउमा पहिरो

दाउन्नेमा सडक भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी – पश्चिम नवलपरासीको दाउन्नेमा आज साँझ सडक भासिएपछि पूर्व–पश्चिम

सञ्चारमाध्यमको नाम दुरुपयोग गर्नेलाई कारबाही गर्न प्रेस काउन्सिलको सिफारिस

काठमाडौं – किर्ते कागजात बनाइ सञ्चारमाध्यमको नाम दुरुपयोग गर्नेहरूलाई कारबाही