देउवालाई प्रधानमन्त्री बनाउँदा गोकुल बास्कोटाले दिए माधव नेपाललाई बधाई « Khabarhub

देउवालाई प्रधानमन्त्री बनाउँदा गोकुल बास्कोटाले दिए माधव नेपाललाई बधाई


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोगी भूमिका खेलेकोमा माधवकुमार नेपाललाई बधाई दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै बाँस्कोटाले संविधान संशोधन गर्न लगाएरै भए पनि निर्दलीय लोकतान्त्रिक व्यवस्थाको पहिलो प्रधानमन्त्री देउवालाई बनाई छाड्ने सफलता दिलाएको भन्दै नेता नेपाललाई बधाई दिएका हुन्।

साथै उनले सर्वोच्चको परमादेश बमोजिम प्रधानमन्त्री बन्न सफल भएकोमा शेरबहादुर देउवालाई पनि शुभकामना र बधाई दिएका छन् ।

उनले लेखेका छन्, ‘संविधान संशोधन गर्न लगाएरै भए पनि निर्दलीय लोकतान्त्रिक ब्यबस्थाको पहिलो प्रधान्मन्त्री देउवालाई बनाइ छाड्ने सफलता दिलाईदिनु भएकोमा माधब नेपाललाई र परमादेश धारा अनुसार प्रम बन्न सफल हनु भएकोमा शेरबहादुर देउवालाई सफलताको शुभकामना तथा हार्दिक बधाई !!!’

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ८ : २१ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार