नवनियुक्त प्रधानमन्त्री देउवाको शपथ कार्यक्रममा गएनन् ओली « Khabarhub

नवनियुक्त प्रधानमन्त्री देउवाको शपथ कार्यक्रममा गएनन् ओली


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको शपथ ग्रहण कार्यक्रममा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन् ।

उनले सपथ कार्यक्रममा निवर्तमान प्रधानमन्त्री सहभागी हुने परम्परा तोडेका छन् ।

राष्ट्रपति कार्यालयले संविधानको धारा उल्लेख नगरी ‘श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८/३/२८ को फैसला बमोजिम’ देउवालाई प्रधानमन्त्री नियुक्त गरेको भन्ने विज्ञप्ति जारी गरेपछि असन्तुष्टि जनाएका देउवाले उक्त विज्ञप्ति सच्चिएपछि मात्र शपथ लिएका हुन् ।

देउवाले आजै चार जना मन्त्रीलाई समेत नियुक्त गरेका छन् ।

देउवा सरकारमा नेपाली कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानून, न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् ।

यसैगरी माओवादी केन्द्रको तर्फबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बनेका छन् । शर्मा अर्थ र भुसाल उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेकी छिन् ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ८ : ५४ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार