‘ह्याङ’ भएको मोवाइललाई के गर्ने ? | Khabarhub Khabarhub

‘ह्याङ’ भएको मोवाइललाई के गर्ने ?


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

अहिले ओएस अर्थात एन्ड्रोइड अपरेटिङ सिस्टम भएका स्मार्टफोन प्रयोग गर्नेको संख्या उल्लेख्य छ । तर, यस्ता फोनमा भाइरसको आक्रमणको जोखिम उच्च हुन्छ । यस्ता फोनमा भाइरसले कुनै न कुनै तरिकाले आक्रमण गर्न सक्छ । यी भाइरसले स्मार्टफोनको डाटामा हानी पुर्याउन सक्छ । त्यसैले, यस्ता भाइरसलाई हटाउनै पर्छ । तर, कसरी ?

पहिले आफ्नो मोबाइलको सेफ मोडमा रिबुट गर्नुहोस् । यो गर्दा एप्ससँगै सक्रिय भाइरस तत्काल हट्छ । यदि सेफ मोड रिबुटको अप्सन नदेखिए पावर बटन केहीबेर दबाउदा रिबुटको अप्सन आउँछ । त्यसैलाई सेलेक्ट गरी मोबाइल रिबुट गर्नुहोस् ।

अब मोबाइल रिस्टार्ट भएपछि सबैभन्दा पहिले डिभाइस सेटिङमा गएर एप्स अप्सन ओपन गर्नुहोस् । त्यहाँ मोबाइलमा इन्स्टल भएका सबै एप्स देखिन्छ । यो समय कुनै पनि एप्स रनिङ मोडमा हुँदैन । यहाँ भाइरस रन भएको छ भने पनि देखिन्छ । यो सुचीमा कुनै भाइरस पत्ता लाग्यो भने तत्काल अनइन्स्टल गर्नुहोस् । अनइन्स्टलमा क्लिक गरेर रिमुभ गरिदिनुहोस् ।

कहिलेकाहीँ भाइरस अनइन्स्टल गर्ने अप्सन नहुन सक्छ । यो अवस्थामा डिभाइस एडमिनिस्ट्रेटर सेटिङमा जानुपर्छ । डिभाइस एडमिनिस्ट्रेटर सेटिङमा जानुहोस् र जहाँ इन्स्टल भएका एप्सका पूरै लिस्ट देखिन्छ । यीमध्ये जुन एप तपाईंलाई काम लाग्दैन, त्यसलाई अनइन्स्टल गरिदिनुहोस् । यसका लागि स्क्रिनमा देखिएको विन्डोमा डिएक्टिभेटको अप्सन सेलेक्ट गर्नुहोस् ।

अब अनावश्यक एप हटाइदिएपछि एकपटक फेरि नर्मल मोडमा रिस्टार्ट गर्नुहोस् । यसो गर्दा तपाईंको डिभाइस सेफ मोडबाट बाहिर आउँछ भने भाइरस पनि हट्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  १० : २७ बजे

तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने

काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न