‘ह्याङ’ भएको मोवाइललाई के गर्ने ? « Khabarhub

‘ह्याङ’ भएको मोवाइललाई के गर्ने ?


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

अहिले ओएस अर्थात एन्ड्रोइड अपरेटिङ सिस्टम भएका स्मार्टफोन प्रयोग गर्नेको संख्या उल्लेख्य छ । तर, यस्ता फोनमा भाइरसको आक्रमणको जोखिम उच्च हुन्छ । यस्ता फोनमा भाइरसले कुनै न कुनै तरिकाले आक्रमण गर्न सक्छ । यी भाइरसले स्मार्टफोनको डाटामा हानी पुर्याउन सक्छ । त्यसैले, यस्ता भाइरसलाई हटाउनै पर्छ । तर, कसरी ?

पहिले आफ्नो मोबाइलको सेफ मोडमा रिबुट गर्नुहोस् । यो गर्दा एप्ससँगै सक्रिय भाइरस तत्काल हट्छ । यदि सेफ मोड रिबुटको अप्सन नदेखिए पावर बटन केहीबेर दबाउदा रिबुटको अप्सन आउँछ । त्यसैलाई सेलेक्ट गरी मोबाइल रिबुट गर्नुहोस् ।

अब मोबाइल रिस्टार्ट भएपछि सबैभन्दा पहिले डिभाइस सेटिङमा गएर एप्स अप्सन ओपन गर्नुहोस् । त्यहाँ मोबाइलमा इन्स्टल भएका सबै एप्स देखिन्छ । यो समय कुनै पनि एप्स रनिङ मोडमा हुँदैन । यहाँ भाइरस रन भएको छ भने पनि देखिन्छ । यो सुचीमा कुनै भाइरस पत्ता लाग्यो भने तत्काल अनइन्स्टल गर्नुहोस् । अनइन्स्टलमा क्लिक गरेर रिमुभ गरिदिनुहोस् ।

कहिलेकाहीँ भाइरस अनइन्स्टल गर्ने अप्सन नहुन सक्छ । यो अवस्थामा डिभाइस एडमिनिस्ट्रेटर सेटिङमा जानुपर्छ । डिभाइस एडमिनिस्ट्रेटर सेटिङमा जानुहोस् र जहाँ इन्स्टल भएका एप्सका पूरै लिस्ट देखिन्छ । यीमध्ये जुन एप तपाईंलाई काम लाग्दैन, त्यसलाई अनइन्स्टल गरिदिनुहोस् । यसका लागि स्क्रिनमा देखिएको विन्डोमा डिएक्टिभेटको अप्सन सेलेक्ट गर्नुहोस् ।

अब अनावश्यक एप हटाइदिएपछि एकपटक फेरि नर्मल मोडमा रिस्टार्ट गर्नुहोस् । यसो गर्दा तपाईंको डिभाइस सेफ मोडबाट बाहिर आउँछ भने भाइरस पनि हट्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  १० : २७ बजे

आज २०८३ साल भदौ ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण