लुम्बिनी सरकारले मिर्गौला, क्यान्सर र मटु रोगीलाई रु दुई लाख सहयोग गर्ने « Khabarhub

लुम्बिनी सरकारले मिर्गौला, क्यान्सर र मटु रोगीलाई रु दुई लाख सहयोग गर्ने


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटबल– लुम्बिनी प्रदेश सरकारले मिर्गौला, क्यान्सर र मटु रोगका बिरामीलाई रु दुई लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

बिहीबार नयाँ गठन भएको मन्त्रिपरिषद्को पहिलो बैठकले यसअघि उपचारका लागि रु एक लाख पाइरहेका बिरामीलाई थप रकम सहयोग गर्ने निर्णय गरेको हो ।

यस्तै सरकारले कोभिड–१९ का बिरामीको उद्धार गर्न हटलाइन र एम्बुलेन्सको व्यवस्था गर्ने र त्यस्तो खर्च प्रदेश सरकारले बेहोर्ने निर्णय गरेको छ ।

बैठकले कोराना प्रभावित क्षेत्रमा स्वास्थ्य शिविरमार्फत एन्टिजेन परीक्षणको व्यवस्था गरी कोभिड प्रभावितको उपचार र उद्धार गर्ने र कोभिड–१९ विरुद्धको खोप वितरण प्रणालीलाई प्रभावकारी बनाई प्रदेशवासी जनतालाई खोपको सुनिश्चितता गर्न विशेष व्यवस्था गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले मातृ मृत्युदर कम गर्न लुम्बिनी प्रदेशका स्थानीय तहको भागको आधारमा एकएक वटा पोर्टेबल अल्ट्रासाउण्ड मेसिनसहित तालिम प्राप्त नर्सको व्यवस्था गर्ने निर्णय गरेको छ ।

बैठकले प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्का र मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा अमरबहादुर डाँगीलाई नियुक्त गरेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  १० : ३३ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित