बङ्गुरपालन र सुन्तलाखेती गर्ने किसानलाई अनुदान « Khabarhub

बङ्गुरपालन र सुन्तलाखेती गर्ने किसानलाई अनुदान


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइले बङ्गुरपालन र सुन्तलाखेती गरेका कृषकलाई रु एक करोडभन्दा बढी अनुदान वितरण गरेको छ ।

सुन्तला र बङ्गुरको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यक्रम लागू भएका ठाउँका कृषकलाई कृषि उपकरण, साना सिँचाइ, नर्सरी स्थापना, गोठ सुधार, क्षमता बिस्तारका लागि कूल लागतको ५० देखि ८५ प्रतिशतसम्म अनुदान दिएको हो । परियोजनाले आर्थिक वर्ष २०७७/७८ मा सुन्तला जोनमार्फत रु ६६ लाख १० हजार ७८६ र बङ्गुर जोनमार्फत रु ३६ लाख ५६ हजार ८०९ अनुदान वितरण गरेको जनाएको छ ।

कृषि अधिकृत विक्रम बस्यालले सुन्तला जोनमार्फत रु तीन लाख २५ हजार ५०० खर्च गरेर ५० प्रतिशत अनुदानमा २० हजार ७०० बिरुवा वितरण गरेर एक हजार ३८० रोपनीमा सुन्तलाखेती बिस्तार गरिएको जानकारी दिए ।

कृषि यान्त्रिकरण सहयोग कार्यक्रमअन्तर्गत ४० मिनिटेलर, दुई वटा ग्रासकटर, दुई वटा ह्याण्ड स्प्रेयर, २६ वटा पावर स्पेयर, ५६ वटा सिकेचर, ५६ वटा प्रुनिङ सअ र १७ डिजिटल काँटा खरिद गर्न ५० प्रतिशतका दरले रु १२ लाख ५७ हजार ४११ अनुदान उपलब्ध गराइएको छ । ८५ प्रतिशतका दरले कूल रु ५८ हजार ९४९ अनुदान सहयोगमा तीन गोठ सुधार, ८५ प्रतिशतका दरले रु २७ लाख ८० हजार ९३४ सहयोगमा २१ सिँचाइ आयोजना, ७५ प्रतिशतका दरले रु ७१ लाख ४१ हजार ६२९ सहयोगमा पाँच नर्सरी स्रोत केन्द्र स्थापना भएको छ ।

सिगाना, बनौँ, भकिम्ली, दोसल्ले र पात्लेखेतमा नर्सरी स्रोत केन्द्र स्थापना भएको छ । मङ्गला माविमा प्राविधिक शिक्षालयको साझेदारीमा व्यावसायिक उत्पादन कार्यक्रम सञ्चालनमा रु तीन लाख तीन हजार ८६३ खर्च भएको छ । ४७५ प्लास्टिक क्रेट खरिद गर्न ५० प्रतिशतका दरले रु एक लाख ४२ हजार ५०० अनुदान वितरण भएको छ । बेनी, बागलुङ नगरपालिका, जलजला, मङ्गला, मालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाको ५२ वडामा सुन्तला जोन कार्यक्रम लागू भएको छ ।

यसैगरी इकाइमार्फत सञ्चालित बङ्गुर जोन कार्यक्रमअन्तर्गत १६ बङ्गुर फार्म तथा कृषकले विभिन्न शीर्षकमा रु ३६ लाख ५६ हजार ८०९ अनुदान पाएका नायब पशु सेवा प्राविधिक बलबहादुर ओलीले जानकारी दिए ।

बङ्गुर फार्मको नयाँ पूर्वाधार निर्माण, पुराना गोठ सुधार र व्यवस्थापन, गोबरग्यास निर्माण, मासु पसल सुधार गरेका छन् । बेनी नगरपालिका– १ को अर्जम पशुपालन तथा बहुद्देश्यीय कृषक समूहले सुँगुर खोर सुधार गर्न विपन्न वर्ग लक्षित उन्नत बङ्गुरपालन कार्यक्रममार्फत रु पाँच लाख ७६ हजार ७७० अनुदान पाएका छन् ।

अनुदान पाउने अन्य फार्ममा पहिलो कृषि , साजन बङ्गुर तथा साजन फ्रेस हाउस, पुर्जा पशुपक्षी तथा कृषि, समीक्षा एण्ड समीर बङ्गुर , दिपेश बङ्गुर प, सङ्गम पशुपक्षी तथा बङ्गुर , सुनगामा कृषि तथा पशुपक्षी , उर्वसी अर्जम पशुपालन तथा बहुद्देश्यीय कृषि , हेराल बङ्गुरपालन , गौरखी कृषि उद्यम केन्द्र, उद्यमशील कृषि तथा पशुपक्षी , सिर्जना कृषि तथा बङ्गुरपालन , थापा पशुपक्षी कृषि मत्स्यपालन र सिमलचौर बङ्गुर फार्म छन्

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ११ : ४८ बजे

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण