भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या घट्यो « Khabarhub

भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या घट्यो


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको छ ।

सरकारी अधिकारीहरुले शुक्रबार बिहान दिएको जानकारीअनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्या तीन लाख ८५ हजार दुई सय २७ मा झरेको छ ।

सक्रिय सङ्क्रमितहरुको यो सङ्ख्या गत वर्ष सन् २०२० को मार्चपछिकै सबैभन्दा कम भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।
भारतमा पछिल्लो २४ घण्टामा ४२ हजार दुई सय ९५ जना कोरोनभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । दैनिक रुपमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढ्दै गएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या कम हुँदै गएको हो ।

अहिले भारतमा कुल सङ्क्रमितमध्ये १.२ प्रतिशत सङ्क्रमितहरु मात्रै सक्रिय सङ्क्रमित अवस्थामा रहेका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा पछिल्लो एक दिनमा ४२ हजारभन्दा बढी सङ्क्रमणमुक्त भएकै बेला अरू ४० हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुका अनुसार सोही अवधिमा ४० हजार एक सय २० जना नयाँ सङ्क्रमितहरु थपिएका हुन् ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट तीन करोड २१ लाख १७ हजार आठ सय २६ जना सङ्क्रमित भएको पाइएको छ । तीमध्ये चार लाख ३० हजार दुई सय ५४ जनाको मृत्यु भएको छ । कुल मृतकमध्ये पाँच सय ८५ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो ।

देशभरि अहिलेसम्म ५२ करोड ९५ लाख ८२ हजार नौ सय ५६ मात्रा कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । तीमध्ये ५७ लाख ३१ हजार पाँच सय ७४ खोप पछिल्लो २४ घण्टामा प्रयोग भएको हो ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ३ : ४० बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र