कतै धमाधम परीक्षा, कतै नाराजुलुस « Khabarhub

कतै धमाधम परीक्षा, कतै नाराजुलुस


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) को विज्ञान संकाय अन्तर्गत स्नातक तह प्रथम वर्षका विद्यार्थीहरूले वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न भन्दै बुधबार डीनको कार्यालयमा तालाबन्दी गरे ।

त्यसअघि मङ्गलबार कोरोना विरूद्धको खोप नलगाएसम्म भौतिकरूपमा परीक्षा नदिने भन्दै पद्मकन्या क्याम्पसका विद्यार्थीहरूले क्याम्पस परिसरमा नारा लगाएका थिए । विरोधमा उत्रिएका केही विद्यार्थीहरूलाई प्रहरीले पक्राउ समेत गरेको थियो ।

परीक्षा हलमा भौतिक उपस्थितिमा नभई अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्नुपर्ने माग राख्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीहरू सातादेखि नै आन्दोलनमा छन् ।

उनीहरूले ‘विद्यार्थी त हामी पनि हौँ नि, कोरोना त हामीलाई पनि सर्न सक्छ नि’ लेखिएका प्लाकार्ड प्रदर्शन गरेका थिए । भौतिकरूपमा परीक्षा सञ्चालन नगर्न विश्वविद्यालय र सरकारलाई उनीहरूको आग्रह छ ।

विश्वविद्यालयहरूले भने भौतिकरूपमै परीक्षा सञ्चालन गर्ने अडान छाडेका छैनन् । त्रिविले आगामी भदौ ५ गतेसम्मका कुनै पनि परीक्षा नरोकिने जनाइसकेको छ ।

सरकारले पनि त्रिवि लगायतका विश्वविद्यालयमा भौतिकरूपमा भइरहेका परीक्षाबारे प्रतिक्रिया जनाएको छैन । त्रिविमा अहिले स्नातक र स्नातकोत्तर तहका विभिन्न संकायका विभिन्न सेमेस्टरका परीक्षाहरू सञ्चालन भइरहेका छन् ।

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा राष्ट्रिय परीक्षा बोर्डले यही साउन ३१ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित गरिसकेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले पनि स्थगित गर्न सिफारिस गरेको थियो । राष्ट्रिय परीक्षा बोर्डले सबै तयारी पूरा गरेको थियो । विद्यार्थीहरू पनि परीक्षा दिन तयार थिए ।

फेरि कहिले परीक्षा हुन्छ भन्ने टुङ्गो छैन । स्थगनको सूचनामा ‘अर्को सूचना जारी नहुँदासम्म’ भनिएको छ ।

विश्वविद्यालयका परीक्षाहरूप्रति भने स्वास्थ्य मन्त्रालय मौन छ । भौतिकरूपमा परीक्षा लिने विश्वविद्यालयहरूका निर्णयविरुद्ध विद्यार्थीहरू दिनहुँ सडकमा आएका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका प्रवक्ता नूरहरि खतिवडाले त्रिवि लगायत विश्वविद्यालयहरू परीक्षा स्थगित गर्न तयार हुन्छन् भने त्यसमा कुनै पनि निकाय बाधक नबन्ने उनले बताए ।

त्रिविले लामो समयदेखि परीक्षा नहुँदा राष्ट्र र विद्यार्थीको भविष्य अन्धकार बन्ने र तत्काल अर्काे विकल्पबाट परीक्षा लिन सक्ने अवस्था नभएको बताएकाले स्वास्थ्य सुरक्षाका शर्त राखेर परीक्षा सञ्चालन गर्न दिइएको उनले बताए ।

विश्वविद्यालयले परीक्षा रोक्छु भन्दा कसैले सञ्चालन गर्नुहोस् र सञ्चालन गर्छु भन्दा कुनै निकायले रोक्नुहोस् भन्न सक्ने अवस्था नरहेको उनको भनाइ छ । विश्वविद्यालयहरू स्वायत्त निकाय हुन् ।

राष्ट्रि परीक्षा बोर्ड र विश्वविद्यालय फरक फरक संस्था भएकाले एउटै नियम लागु नहुने पनि खतिवडाको भनाइ छ । उनले भने, ‘कोरोना जोखिमकै कारण परीक्षा रोक्नुपर्छ भन्ने अवस्था अहिले पनि आइसकेको छैन । कक्षा १२ को परीक्षा स्थगित हुनुमा कोरोना मात्रै कारण छैन ।’

उनका अनुसार कोरोनाभन्दा पनि कक्षा १२ को परीक्षा मोडालिटी परिवर्तन गनुपर्छ भन्ने शिक्षा मन्त्रालयको आशयमा सबैको साथ हुँदा स्थगित भएको हो ।

लोक सेवा आयोगले पनि परीक्षा स्थगित नगर्ने भएको छ । आयोगले संक्रमणको विषेश अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७ जारी गरेर परीक्षा सञ्चालन गरेको छ ।

उक्त मापदण्डमा परीक्षार्थीले पालना गर्नुपर्ने नियम, केन्द्राध्यक्षले गर्नुपर्ने काम, परीक्षामा खटिने जनशक्तिले गर्नुपर्ने काम लगायत विभिन्न विषय समेटिएका छन् । आयोगले यही साउन १५ गतेदेखि विभिन्न तहका परीक्षाहरु चलाइरहेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ४ : ०६ बजे

नामिबियाविरुद्ध नेपालको फितलो प्रदर्शन

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले खराब

प्रधानमन्त्री निवासअगाडि धर्ना बसेका राहुल गान्धी र अखिलेश यादव पक्राउ

नयाँदिल्ली : भारतको राजधानी नयाँदिल्लीस्थित प्रधानमन्त्री निवासअगाडि धर्नामा बसेका विपक्षी

‘ओली–प्रचण्डकै नेतृत्वमा वाम एकता सम्भव छैन, नयाँ पुस्ता अगाडि आउनुपर्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट आन्दोलनका प्रभावशाली नेता झलनाथ खनालले लामो समयदेखि

सिँचाइ क्षेत्रको दिगो विकासका लागि तीन तहबीच प्रभावकारी समन्वयमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा