कायममुकायम प्रधानसेनापति शर्मा र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता « Khabarhub

कायममुकायम प्रधानसेनापति शर्मा र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कायममुकायम प्रधानसेनापति रथी प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सैनिक मुख्यालय जङ्गीअड्डामा उनीहरुबीच भएको भेटवार्तामा दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उनीहरुबीचको भेटवार्ताले दुई देशबीचको सम्बन्धलाई सुमधुर र प्रगाढ तुल्याउन थप योगदान पुग्ने सेनाले विश्वास लिएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापा तीनवर्षे कार्यकाल पूरा गरेर अनिवार्य अवकाशका लागि एक महिना बिदामा बसेपछि कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी शर्माले पाएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको कायम मुकायम प्रधानसेनापतिमा रथी शर्मालाई यसअघि नै नियुक्त गरेकी थिइन् ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ६ : १३ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन