मौद्रिक नीति : अर्थतन्त्रमा कोरोना महामारीको प्रभाव कम गर्ने प्रयास « Khabarhub

मौद्रिक नीति : अर्थतन्त्रमा कोरोना महामारीको प्रभाव कम गर्ने प्रयास


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । साउन पहिलो साता सार्वजनिक गर्ने गरिएको मौद्रिक नीति यस वर्ष भने साउन अन्त्यमा सार्वजनिक भएको हो ।

चालू आर्थिक वर्षमा ४ दशमलव ०१ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने अनुमान तथ्याङ्क विभागले गरेको भए पनि कोरोनाका कारण आर्थिक वृद्धिदर हासिल गर्न कठिन देखिएको राष्ट्र बैंकको मौद्रिक नीतिमा भनिएको छ । चालू आर्थिक वर्षमा साढे ६ प्रतिशतमा मुल्यवृद्धि सिमित गर्ने लक्ष्य लिइएको छ ।

कोरोनालक्षित प्याकेज

वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाएको रकम बैंकमा जम्मा गरे थप एक प्रतिशत व्याज दिने व्यवस्था मौद्रिक नीतिले लिएको छ ।

कोरोनाका कारण रोजगारी गुमाएका तर स्वरोजगार हुनेगरी व्यवसाय सञ्चालन गर्नेलाई १५ लाख रुपैयाँसम्म लगानी गर्दा विपन्न कर्जाकै रुपमा लिने व्यवस्था मौद्रिक नीतिमा गरिएको छ ।

कोरोना महामारीबाट प्रभावित क्षेत्रका लागि दिइँदै आएको पुर्नकर्जालाई केन्द्रीय बैंकले निरन्तरता दिने मौद्रिक नीतिमा व्यवस्था गरिएको छ ।

कोरोनाका कारण संकटमा परेका व्यवसायीहरुलाई व्याज घटाइदिने वा किस्ता घटाउन सक्ने अधिकार सम्बिन्धत बैँकलाई दिने व्यवस्था समेत उल्लेख छ ।

इन्टरनेट सेवा प्रवाह गर्ने संस्थाका लागि ग्रामिण क्षेत्रमा इन्टरनेट पुर्‍याउनका लागि विषेश पुनर्कर्जाको व्यवस्था समेत मौद्रिक नीतिले गरेको छ ।

यसैगरी अस्पताल नभएका स्थानीय तहमा एक सय शय्या सम्मको अस्पताल निर्माणका लागि कर्जा उपलब्ध गराउन बैं‌क तथा वित्तीय संस्थाबाट विषेश व्यवस्था मिलाउने समेत मौद्रिक नीतिमा व्यवस्था गरिएको छ ।

विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९, विनिमेय अधिकारपत्र ऐन, २०३४, बैकिङ्ग कसुर ऐन, २०६४ लाई परिमार्जन गर्न संशोधन प्रक्रिया अघि बढाइने मौद्रिक नीतिमा समावेश गरिएको छ ।

मर्जरलाई प्राथमिकता

वाणिज्य बैंक मर्जमा जान चाहे त्यस्ता संस्थाहरुलाई विषेश सहुलियत दिने व्यवस्था समेत अघि सारिएको छ । मर्जरमा जान चाहने बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत कारोबार गरेको एक वर्षसम्म अनिवार्य नगद मौज्दातको सीमामा ०.५ प्रतिशत विन्दुले छुट प्रदान गर्ने, एकीकृत कारोबार गरेको एक वर्षसम्म वैधानिक तरलता अनुपातमा १ प्रतिशत बिन्दुले छुट प्रदान गर्ने र सञ्चालक समितिका सदस्य र उच्च पदस्थ कर्मचारी पदबाट हटेको कम्तिमा ६ महिना व्यतित नभई यस बैंकबाट इजाजतपत्र प्राप्त अन्य संस्थामा आबद्ध हुन नपाउने प्राबधानमा छुट दिने र कुलिङ पिरियड समेत नलाग्ने व्यवस्था गरिएको छ ।

त्यसबाहेक एकीकृत कारोबार संचालनको क्रममा १ किमि भित्रका शाखा कार्यालयहरुमध्ये कुनै एक शाखा कायम राखी अन्य शाखा गाभ्न वा बन्द गर्न केन्द्रीय बैंकको स्वीकृति आवश्यक नपर्ने व्यवस्था समेत मौद्रिक नीतिले गरेको छ ।

त्यस्तै समस्याग्रस्त घोषणा भएका विकास बैंक र वित्त कम्पनीलाई इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले प्राप्ति गरेमा समेत सुबिधा तथा छुट दिने व्यवस्था केन्द्रीय बैंकले मिलाएको छ ।

वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको दोहोरो लगानी भएका लघुवित्त वित्तीय संस्थाहरु २०७९ असार मसान्तभित्र एक आपसमा गाभिनैपर्ने बाध्यात्मक व्यवस्था समेत गरिएको छ ।

लघुवित्तले समेत ऋणपत्र जारी गर्नुपर्ने

राष्ट्रिय स्तरका विकास बैंक, वित्त कम्पनी र थोक कर्जा प्रवाह गर्ने लघुवित्तले न्यूनतम २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था मौद्रिक नीतिले लिएको छ । लगातार तीन वर्षसम्म खुद नोक्सानीमा रहेमात्र ऋणीलाई शुक्ष्म निगरानीमा राख्नुपर्ने व्यवस्था समेत मौद्रिक नीतिले गरिदएको छ ।

चालु आर्थिक वर्षमा निजी क्षेत्रतर्फको कर्जा विस्तार १९ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको सीआरआर र बैंकदर भने यथावत राख्ने तय गरेको छ ।

त्यसबाहेक आर्थिक वर्ष २०७९/८० लाई विद्युतीय भुक्तानी कारोवार प्रवर्द्धन वर्षको रुपमा मनाउन चालु आर्थिक वर्ष आवश्यक पूर्वाधारको विकास र चेतना अभिवृद्धिमा जोड दिइने केन्द्रीय बैंकले घोषणा गरेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ५ : ५९ बजे

संसद्‍मा रोकिएन हर्कको विरोध (तस्बिरहरू)

काठमाडौं- श्रमसंस्कृति पार्टी संसदीय दलका नेता हर्कराज राईले प्रधानमन्त्री वालेन

जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

एजेन्सी– विश्वकप फुटबलमा खेलको रोमाञ्चसँगै जापानी समर्थकहरूको व्यवहारले पनि अन्तर्राष्ट्रिय

अझै बनेन संसद् हल, सभामुखले जंगिँदै भने- दैनिक एक करोड जरिवाना तिराउँछौँ

काठमाडौं- सभामुख डीपी अर्यालले सिंहदरबारमा निर्माणको अन्तिम चरणमा रहेको संसद्

अमेरिकी सांसद नै भन्छन् : युद्धले केही दिएन, इरानसँग आत्मसर्पण गरेजस्तो भयो

वाशिङ्टन- इरानसँगको सम्झौतालाई लिएर अमेरिकामै विवाद र विरोध भएको छ।

युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ्यो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण

एजेन्सी– लामो समयको अवरोधपछि युरोपेली सङ्घ (ईयु) ले युक्रेनको सदस्यता