बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ « Khabarhub

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले बैंकिङ कसुरमा दोषी ठहर्‍याइएका फरार एक व्यक्तिलाई आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बस्ने ४८ वर्षीया प्रेमकुमारी खड्गी रहेका छन् । उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलार्ई झुक्यानमा पारी चेक दिएकामा अदालतले बैंकिङ कसुर गरेको ठहर गरेको थियो ।

बैंकिङ कसुरजन्य अपराध गरेको उच्च अदालत पाटनको २०७६ साल जेठ २१ को फैसलाले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम पाँच दिन कैद र रु बीस लाख जरिवाना हुने ठहर गरेकामा उनी फरार हुँदै आएकी थिइन् ।

फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित टोलीले उनलाई आज काठमाडौँको सोहृखुट्टेबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेस गरेको प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ७ : ३५ बजे

मकवानपुरमा महिलाका नाममा उद्योग दर्ता बढ्यो

बागमती– पछिल्लो केही वर्षयता मकवानपुर जिल्लामा महिला उद्योगी व्यवसायीको सङ्ख्या

सात पालिकाको नवप्रवर्तनका लागि कर्णाली सरकारको तीन करोड ४० लाख

कर्णाली– कर्णाली प्रदेश सरकारले सात पालिकाको नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन

इजरायलका परराष्ट्रमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाई

काठमाडौं– जरायलका परराष्ट्रमन्त्री गिडियन सारले आफ्ना नेपाली समकक्षी शिशिर खनाललाई

दुई गाउँको विवाद न्यायिक समिति र एक्यापद्वारा मेलमिलाप

मुस्ताङ– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ स्थित (छुसाङ–तेताङ) गाउँबीच प्राकृतिक स्रोत

‘बखान’ उपन्यास पुरस्कृत

चितवन– यस वर्षको सहिद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार आख्यानकार