खोप उत्पादन गर्ने उद्योगलाई आधार दरमा कर्जा प्रदान गरिने « Khabarhub

खोप उत्पादन गर्ने उद्योगलाई आधार दरमा कर्जा प्रदान गरिने


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले कोरोना भाइरस विरुद्धको खोप उत्पादन गर्ने उद्योगलाई आधार दरमा कर्जा उपलब्ध गराउने भएको छ ।

नेपाल राष्ट्र बैँकका गर्भनर महाप्रसाद अधिकारीले आज आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति सार्वजनिक गर्दै महामारीजन्य रोगको उपचारको लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न बैंक तथा वित्तीय संस्थाबाट आधार दरमा कर्जा उपलब्ध हुने व्यवस्था मिलाइने जानकारी गराएका हुन् ।

नेपालमा नै कोभिड–१९ विरुद्धको खोप उत्पादन गर्ने सरकारको तयारी रहेको छ । यस्तै मौद्रिक नीतिमा अस्पताल नभएका स्थानीय तहमा १०० शैयासम्मको अस्पताल स्थापना गर्न बैंक तथा वित्तीय संस्थाबाट सहजरुपमा कर्जा प्रवाह हुने व्यवस्था मिलाइने छ ।

कोभिड–१९बाट प्रभावित विभिन्न पेशामा संलग्न पेशागत व्यवसायीलाई निश्चित सीमासम्मको कर्जा उपलब्ध हुने व्यवस्था गरिने उनले जारकारी दिए ।

मौद्रिक नीतिमा कोभिड–१९ सिर्जित स्वास्थ्य समस्याको उपचारमा सघाउ पुर्‍याउने जीवनरक्षक औषधि तथा स्वास्थ्य सामग्री उपकरणको आयातसम्बन्धी विद्यमान व्यवस्था पुनरावलोकन गरी थप सहजीकरण गरिने उल्लेख छ ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ९ : ४५ बजे

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु