‘वि विल राइज फाउन्डेसन’द्वारा सरकारलाई ५० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग « Khabarhub

‘वि विल राइज फाउन्डेसन’द्वारा सरकारलाई ५० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘वि विल राइज फाउन्डेसन’ले सरकारलाई ५० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।

हङकङस्थित सिल्क रोड इन्टरनेसनल फाउन्डेसनको सहयोग र वि विल राइजको सहकार्यमा करिब ५० लाख रुपैयाँ बराबरको उक्त सामाग्री प्रदान गरिएको हो ।

फाउन्डेसनका संस्थापक निर्देशक निर्मल श्रेष्ठ र संचालन निर्देशक अनुप कुमार बरालले शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. दिपेन्द्ररमण सिंहलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

कोरोना संक्रमितको उपचारमा सहयोग पुर्‍याउने हेतुले  अक्सिजन कन्सन्ट्रेटर सहयोगका लागि पहल गरिएको फाउन्डेसनका संस्थापक तुलसी कुमार गुरुङले बताए ।

‘ज्यान जहाँ रहे पनि मन त नेपालमै छ,’ हाल हङकङमा रहेका गुरुङले भने, ‘कुनै पनि कोरोना संक्रमित नेपालीले अक्सिजन अभावमा मृत्युवरण गर्नु नपरोस् भन्ने सोचले कन्सन्ट्रेटर सहयोगको पहल गरेका हौं ।’

हङकङेलीहरुले नेपाललाई आइपर्ने प्रत्येक आपत विपतमा सहयोग गरिरहेको स्मरण गर्दै पछिल्लो सहयोगका लागि हातेमालो गर्ने सिल्क रोड इन्टरनेसनल फाउन्डेसनप्रति पनि आभार व्यक्त गरे ।

‘वि विल राइज फाउन्डेसन जस्ता संस्थाहरुको सहयोगले कोरोनालाई परास्त गर्न सहयोग पुग्नेछ,’ सहायता सामग्री ग्रहण गर्दै मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सिंहले भने, ‘यो सहयोगका लागि फाउन्डेसनप्रति आभार व्यक्त गर्दछु ।’

संस्थाले विभिन्न सामाजिक कार्य गर्दै आएको फाउण्डेसनका निर्देशक एवं कार्यक्रम संयोजक श्रेष्ठले बताए ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ८ : ३० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार