त्रिकोणात्मक सिरिजमा आज नेपालले अमेरिकाको सामना गर्दै « Khabarhub

त्रिकोणात्मक सिरिजमा आज नेपालले अमेरिकाको सामना गर्दै


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक एकदिवसीय सिरिज आज शुरू हुँदैछ ।

प्रतियोगितामा आज नेपालले अमेरिकाको सामना गर्दैछ । ओमानको अल अमिरात क्रिकेट मैदानमा हुने खेल अपराह्न ४:१५ बजे हुनेछ ।

भर्खरै सम्पन्न दुई मैत्रीपूर्ण खेलमा पपुवा न्युगिनीलाई हराएको नेपाल उच्च मनोबलका साथ मैदान उत्रनेछ । नेपालको लक्ष्य जितकै हुनेछ । तथापि बलियो प्रतिद्वन्दीविरुद्ध जित निकाल्न त्यति सहज भने छैन ।

कप्तान ज्ञानेन्द्र मल्लले अमेरिकाविरुद्धको खेल कठिन हुने बताएका छन् । सिरिजको दोस्रो स्थानमा रहेको अमेरिकामा चार खेलाडी परिवर्तन गरिएकाले उनीहरुको ट्याक्टिस बुझ्न जरूरी रहेको कप्तान मल्लले बताएका छन् ।

लिग–२ अन्तर्गत यसअघि त्रिवि क्रिकेट मैदानमा भएको खेलमा अमेरिकालाई दुबै खेलमा हराएकाले नेपाल हाबी हुने अनुमान गरिएको छ । सन् २०२० को फेब्रुअरी १२ मा त्रिवि क्रिकेट मैदानमा नेपालले अमेरिकासँग पछिल्लो पटक प्रतिस्पर्धा गरेको थियो। त्यस खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराएको थियो।

त्यसअघि फेब्रुअरी ८ को खेलमा नेपालले अमेरिकालाई ३५ रनले हराएको थियो । यद्यपि ओमानको मैदान फरक भएकाले विगतकै नतिजा दोहोर्‍याउन नेपाललाई कठिन छ ।

सोही सिरिजमा नेपाल ओमानसँगको दुबै खेलमा पराजित भएको थियो। ओमानसँग नेपाल पहिलो खेलमा १८ रन र दोस्रो खेलमा ८ विकेटले पराजित भएको थियो।

नेपालले दोस्रो खेलमा भोलि मंगलबार ओमानसँग खेल्नेछ । तेस्रो खेल अमेरिकासँग शुक्रबार हुनेछ भने अन्तिम खेल ओमानसँग आइतबार हुनेछ ।

लिग–२ मा नेपालले अहिलेसम्म चार खेल खेलेको छ । त्यसमा नेपालले दुई खेलमा जित तथा दुई खेलमा हार व्यहोरेको छ । नेपाल चार अङ्क जोड्दै छैटौँ स्थानमा छ । त्यसैगरी १० खेल खेलेको ओमान १६ अङ्कका साथ लिगको शीर्ष स्थानमा छ । १२ खेलमा १२ अङ्क बटुलेको अमेरिका दोस्रो स्थानमा छ ।

 

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ७ : ०५ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ