हलेसी मन्दिर चार महिनापछि खुल्यो « Khabarhub

हलेसी मन्दिर चार महिनापछि खुल्यो


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- कोभिड-१९ को दोस्रो लहरले चार महिना बन्द भएको खोटाङको हलेसी मन्दिर खुला भएको छ ।

जिल्लामा कोभिड-१९ को संक्रमण दर घट्दै गएको तथा संक्रमण दर न्यून रहेको भन्दै प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा संयोजकत्वको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकको निर्णय अनुसार सोमबार बिहान हलेसी खुला गर्दै पूजाआजा सुरु गरिएको हो ।

यसअघि १५ वैशाखदेखि हलेसीमन्दिरसँगै गुफा बन्द गरिएको थियो ।  कोभिडसम्बन्धी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर पूजाआजा गर्न मिल्नेगरी मन्दिर खुला गरिएको हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक सम्बरबहादुर भुजेलले बताए ।

हलेसी महादेव मन्दिरमा भीडभाड हुन नदिन र दर्शनार्थीलाई दर्शन गर्ने उपयुक्त व्यवस्थापनमा हलेसी मन्दिर व्यवस्थापन समिति, हलेसी महादेवस्थान विकास समिति र नगरपालिकाले सहकार्य गर्ने छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ८ : ०२ बजे

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्