नेकपा (एस) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा तीन आकांक्षी | Khabarhub Khabarhub

नेकपा (एस) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा तीन आकांक्षी


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा तीनजना आकांक्षी देखिएका छन् । बैतडीकी माया भट्ट, कञ्चनपुरका तारा लामा तामाङ र कैलालीका दीर्घ सोडारीले एकिकृत समाजवादीको संसदीय दलको नेतामा बन्ने इच्छा देखाएका हुन् ।

तीनमध्ये कञ्चनपुरका तामाङ र कैलालीका सोडारीको चर्चा बढी छ । तामाङ एमाले छाडेर नेकपा एसमा आउँदा दलको नेता बनाउने सहमति भएको चर्चा चलेको थियो । कैलालीका सोडारीले सुदूरपश्चिम प्रदेशमा नेकपा एसलाई ठूलो दल बनाउन भूमिका खेलेका कारण आफूले नै दलको नेता बन्न पाउनुपर्ने दाबी गर्दै आएका छन् । माया भट्ट समाजवादीकी केन्द्रीय सदस्य हुन् ।

प्रदेशसभामा नेकपा एसको पहिलो बैठक सोमबार बस्दैछ । दल गठनपछि बस्ने पहिलो बैठकका दलको नेतासमेत चयन गर्ने सम्भावना रहेको प्रदेश सभा सदस्य तामाङले बताए ।

उनले बैठकको छलफलको एजेन्डा भने तय नभइसकेको बताए । उनले पार्टीलाई अझै बलियो बनाउन आगामी रणनीति तथा समसामयिक विषयमा बैठकमा छलफल हुने बताए । ‘बैठकमा संसदीय दलको नेताका विषयमा पनि कुरा उठ्न सक्दछ,’ लामाले भने, ‘त्यस विषयमा हामी छलफल गर्नेछौं, सहमतिकै आधारमा नेता चयन गरिनेछ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ११ : ४६ बजे

चितवन कारागारका ५४ कैदीबन्दी फर्किए

भरतपुर– चितवनको भरतपुर कारागारबाट भागेका कैदीबन्दी फर्किन थालेका छन् ।

सहमतिबाट मात्र निकास सम्भव छ : झलनाथ खनाल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री

भारतबाट फर्केका यात्रु बीच बाटोमै लुटिए

कञ्चनपुर– भारतको उत्तराखण्ड टेहरीगढवालबाट फर्कँदै गरेका यात्रु बिहीबार बीच बाटोमै

एसिया कप : बंगलादेशको विजयी सुरुवात, हङकङ ७ विकेटले पराजित

काठमाडौं – एसिया कप क्रिकेटमा बङ्गलादेशले विजयी सुरुवात गरेको छ।

सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति: संविधानविद्सँग आज थप छलफल गर्दै राष्ट्रपति

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल आन्दोलनकारी जेन–जी पुस्ताको माग बमोजिम