सभामुखले बोलाएको सर्वदलीय बैठक जारी, एमाले अनुपस्थित « Khabarhub

सभामुखले बोलाएको सर्वदलीय बैठक जारी, एमाले अनुपस्थित


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसदको अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक नयाँबानेश्वरस्थित संसद भवनमा जारी छ । सभामुख सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बैठकमा बोलाएका थिए । तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने बैठकमा अनुपस्थित रहेको छ ।

सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राजेन्द्र लिङदेनबाहेक सबै उपस्थित रहेको सभामुखका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका संसदीय दलका नेता माधवकुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव, लोसपाका नेता महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल सहभागी छन् ।

राप्रपाका लिङ्देन उपत्यका बाहिर रहेकाले उपस्थित हुन नसकेको संसद सचिवालयले जनाएको छ ।

माधव नेपालसहित १४ जना सांसदको कारवाहीको विषयलाई लिएर एमालेले सभामुख र निर्वाचन आयोगमाथि प्रश्न उठाउँदै निरन्नतर संसद अवरुद्ध गरिरहेको छ । सभामुखको राजीनामा समेत मागेको छ । यहीँ बेला सभामुखले गतिरोध अन्त्यका लागि सम्वाद थालेका हुन् ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ३ : १० बजे

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक

पार्टीको महाधिवेशन लम्बिन सक्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको महाधिवेशन केही