कात्तिकमा ‘मिस लिटिल नेवाः’ « Khabarhub

कात्तिकमा ‘मिस लिटिल नेवाः’


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेवार समुदायका किशोरीहरुलाई आफ्नो धर्म, कला, संस्कृति र संस्कारबारे ज्ञान दिने उद्देश्यले नेप्लीज फेसन होमले हरेक वर्ष आयोजना गर्दै आएको ‘मिस लिटिल नेवा:’ यो वर्ष आगामी कात्तिक ६ गते हुने भएको छ ।

होमकी अध्यक्ष हेमा मानन्धरले कोरोना महामारीका कारण विगत दुई वर्षदेखि हुन नसकेको १३ औं संस्करणको यो प्रतियोगिता यसपटक कात्तिकमा हुन लागेको बताइन् । प्रतियोगितामा भक्तपुर र काठमाडौंका विभिन्न २० स्कुलबाट २५ जना किशोरी अन्तिम स्पर्धामा उत्रनेछन् ।

प्रतियोगितामा सहभागी किशोरीहरुलाई शुरुदेखि नै नेवारी कला, संस्कृति, धर्म र संस्कारबारे जानकारी दिन आयोजकले हालै पूजाआजाका कार्यक्रम आयोजना गरेको थियो । जसअनुसार गणेश चौथीका दिन प्रतियोगितामा सामेल किशोरीहरुलाई जनबहादलस्थित सेतो मछिन्द्रनाथ मन्दिरमा लगी पूजाआजा गराइएको थियो ।

नेवार किशोरीहरुले विश्व शान्ति तथा कोरोनाबाट छुटकाराको कामना गर्दै पूजाआजा गरेका थिए । वडा नम्बर २५ का अध्यक्ष निलकाजी शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न विज्ञहरुले सेतो मछिन्द्रनाथको महिमा र ऐतिहासिकताबारे सहभागीहरुलाई जानकारी गराएका थिए । प्रतियोगीहरुलाई लाख बत्ती बाल्न पनि सिकाइएको थियो ।

किशोरीहरुलाई आइतबार महाकाल मन्दिरमा समयबाजी डो बनाउन सिकाएर चढाउन लगाइएको थियो । समयबाजी डो विभिन्न १४ परिकारबाट तयार पारिएको थियो । प्रतियोगितामा ‘लिटिल मिस नेवाः’ की ‘फस्ट रनरअप’ प्रियंका तण्डुकार, ‘बेस्ट पर्सनालिटी’ पल्पसा श्रेष्ठ र ‘चार्मिङ पर्सनालिटी’ प्रजिता श्रेष्ठको कोरियोग्राफी हुनेछ । त्यस्तै ‘मिस नेवाः’ सुनिता डंगोल र नीतु डंगोलले नेवारी भाषाको प्रशिक्षण दिनेछन् ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ३ : ३४ बजे

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक

प्रजातन्त्र पुनर्स्थापना भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ– नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम

राशिद खानको जादुयी बलिङ : दिल्ली गुजरातसँग एक रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १४ औं