कात्तिकमा ‘मिस लिटिल नेवाः’ « Khabarhub

कात्तिकमा ‘मिस लिटिल नेवाः’


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेवार समुदायका किशोरीहरुलाई आफ्नो धर्म, कला, संस्कृति र संस्कारबारे ज्ञान दिने उद्देश्यले नेप्लीज फेसन होमले हरेक वर्ष आयोजना गर्दै आएको ‘मिस लिटिल नेवा:’ यो वर्ष आगामी कात्तिक ६ गते हुने भएको छ ।

होमकी अध्यक्ष हेमा मानन्धरले कोरोना महामारीका कारण विगत दुई वर्षदेखि हुन नसकेको १३ औं संस्करणको यो प्रतियोगिता यसपटक कात्तिकमा हुन लागेको बताइन् । प्रतियोगितामा भक्तपुर र काठमाडौंका विभिन्न २० स्कुलबाट २५ जना किशोरी अन्तिम स्पर्धामा उत्रनेछन् ।

प्रतियोगितामा सहभागी किशोरीहरुलाई शुरुदेखि नै नेवारी कला, संस्कृति, धर्म र संस्कारबारे जानकारी दिन आयोजकले हालै पूजाआजाका कार्यक्रम आयोजना गरेको थियो । जसअनुसार गणेश चौथीका दिन प्रतियोगितामा सामेल किशोरीहरुलाई जनबहादलस्थित सेतो मछिन्द्रनाथ मन्दिरमा लगी पूजाआजा गराइएको थियो ।

नेवार किशोरीहरुले विश्व शान्ति तथा कोरोनाबाट छुटकाराको कामना गर्दै पूजाआजा गरेका थिए । वडा नम्बर २५ का अध्यक्ष निलकाजी शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न विज्ञहरुले सेतो मछिन्द्रनाथको महिमा र ऐतिहासिकताबारे सहभागीहरुलाई जानकारी गराएका थिए । प्रतियोगीहरुलाई लाख बत्ती बाल्न पनि सिकाइएको थियो ।

किशोरीहरुलाई आइतबार महाकाल मन्दिरमा समयबाजी डो बनाउन सिकाएर चढाउन लगाइएको थियो । समयबाजी डो विभिन्न १४ परिकारबाट तयार पारिएको थियो । प्रतियोगितामा ‘लिटिल मिस नेवाः’ की ‘फस्ट रनरअप’ प्रियंका तण्डुकार, ‘बेस्ट पर्सनालिटी’ पल्पसा श्रेष्ठ र ‘चार्मिङ पर्सनालिटी’ प्रजिता श्रेष्ठको कोरियोग्राफी हुनेछ । त्यस्तै ‘मिस नेवाः’ सुनिता डंगोल र नीतु डंगोलले नेवारी भाषाको प्रशिक्षण दिनेछन् ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ३ : ३४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै