पहिरोले अवरुद्ध मेलम्ची पाँचपोखरी सडक सञ्चालनमा | Khabarhub Khabarhub

पहिरोले अवरुद्ध मेलम्ची पाँचपोखरी सडक सञ्चालनमा


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- अवरुद्ध मेलम्ची पाँचपोखरी सडक सञ्चालनमा आएको छ । पहिरोका कारण अवरुद्ध सडक सोमबारबाट सञ्चालनमा आएको मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिए।

मेलम्ची पारी झुलुङे पुलदेखि यातायातको साधन सञ्चालन गर्न सकिने नगरपालिकाले जनाएको छ । यसअघि पनि पटक–पटक अवरुद्ध सडक सञ्चालनको प्रयास गरे पनि लगातर वर्षाका कारण सञ्चालनमा ल्याउन नसकेको धितालले बताए ।

सडक सञ्चालनमा आएसँगै भोताङ, गुन्सा, मानेखर्क, थाङ्पालकोट लगायत माथिल्लो भेगमा पुग्नको लागि सहज भएको छ । सामाजिक सञ्जालमार्फत सडक खुलाइदिन नगरपालिकालाई थाङ्पालवासीले सार्वजानिक रुपमा अपीलसमेत गरेका थिए ।

पहिरोका कारण सडक अवरुद्ध हुँदा पाँचपोखरी थाङ्पाल गाउँपालिकाका नागरिकहरुले सास्ती भोग्नु परेको थियो ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ९ : १५ बजे

कमलादीस्थित युनिग्लोब कलेजमा आगलागी

काठमाडौं– काठमाडौंको कमलादीस्थित युनिग्लोब कलेजमा आगलागी भएको छ । कलेजको

इङ्गल्यान्डसँगको टेस्टमा भारतका लागि राहुल र पन्तको महत्त्वपूर्ण शतक

लिड्स – भारतले इङ्गल्यान्डसँगको पहिलो टेस्टमा जितका लागि ३७१ रनको

देशभर मनसुनी वायुको प्रभाव, केही भूभागमा ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानले कतारको अमेरिकी सैन्य बेसमा हानेको थियो १९ वटा मिसाइल

तेहरान – इरानले कतारस्थित सैन्य सुरक्षा बेसमा मिसाइल आक्रमण गरेपछि

इजरायल-इरान युद्ध विराममा सहमति: ट्रम्पको घोषणामा के छ ?

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच पूर्ण र