प्रधानसेनापति शर्माद्वारा बक्सिङ खेलाडीलाई बिदाइ « Khabarhub

प्रधानसेनापति शर्माद्वारा बक्सिङ खेलाडीलाई बिदाइ


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इन्टरनेशनल मिलिटरी स्पोर्ट्स काउन्सिल (सिजम्स) को आयोजनामा यही भदौ ३१ गतेदेखि असोज १० गतेसम्म रसियाको राजधानी मस्कोमा आयोजना हुन गइरहेको ‘५८औँ वर्ल्ड मिलिटरी बक्सिङ च्याम्पियनसिप २०२१’ मा सहभागी हुन लागेका नेपाली सेनाका खेलाडीलाई आज बिदाइ गरिएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माले आज सैनिक मुख्यालयमा आयोजित विशेष समारोहमा प्रतियोगितामा सहभागी सात अफिसियल र आठ खेलाडीसहित १५ जनालाई औपचारिकरूपमा विदाइ गरेका हुन् ।

सन् २०१८ मा नेपाली सेनाले सिआइएसएमको सदस्यता प्राप्त गरेपछि सन् २०१९ मा चीनको उहानमा आयोजना गरिएको सातौँ सिआइएसएम वर्ल्ड गेम्समा १३ खेलमा सहभागिता जनाई उत्कृष्ट खेल प्रदर्शन गर्न सफल भएको थियो ।

मस्कोमा सञ्चालन हुने बक्सिङ खेलमा उपरथी निरञ्जनकुमार श्रेष्ठको नेतृत्वमा प्रमुख सेनानी उज्ज्वल केसी (टिम क्याप्टेन), सेनानी विशालशम्सेर थापा, सुवेदार देवेन्द्रराज सिंह ठकुरी र जमदार उमेश लामा (कोच) तथा जमदार श्याम खड्का(मेडिकल स्टाफ) र ताराराम श्रेष्ठ अन्तर्राष्ट्रिय रेफ्री छन् ।

खेलाडीमा प्रेम चौधरी, आशिष दुवाडी, दानबहादुर दर्लामी, सुशील थापा, मिनु गुरुङ, पुनम रावल, विमला श्रेष्ठ र चन्द्रकला थापा  छन् । अधिकांश खेलाडीले १३औँ साफ प्रतियोगितामा विभिन्न पदक प्राप्त गरिसकेका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  १० : ३० बजे

रास्वपाका समानुपातिक उम्मेदवार : क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि कलाकार प्रकाश सपूतसम्म

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ११० जनाको सूची निर्वाचन

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ