डा. शर्मा र ओलीको बौद्धिक सम्पत्ति कानून, समाज र आर्थिक विकास पुस्तक लोकार्पण « Khabarhub

डा. शर्मा र ओलीको बौद्धिक सम्पत्ति कानून, समाज र आर्थिक विकास पुस्तक लोकार्पण


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डा रुद्र शर्मा र सीए युद्ध ओलीद्वारा लिखित पुस्तक ‘बौद्धिक सम्पत्ति कानून, समाज र आर्थिक विकास’ बजारमा आएको छ ।

यसै साता एक कार्यक्रमकाबीच सो पुस्तक लोकार्पण गरिएको हो ।

सो पुस्तकमा नेपालमा बौद्धिक सम्पत्ति सम्बन्धि कानूनका बारेमा विभिन्न तथ्यहरु प्रस्तुत गरिएको छ भने सो कानूनलाई समाज र आर्थिक बिकासमा जोडेर विश्लेषण गरिएको छ ।

पुस्तकका लेखकमध्ये डा शर्मा संविधानविद्समेत हुन् भने ओली पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन् ।

पुस्तक लोकार्पण समारोहमा विभिन्न अथितिहरुले नेपाली समाजमा सो पुस्तकको महत्वबारे बोलेका थिए । समारोहमा बोल्दै सो पुस्तकका लेखक डा शर्माले अहिले राजनीतिक, सामाजिक, आर्थिकलगायतका पक्षमा बौद्धिक सम्पत्तिको विषयमा चौतर्फी बहस भएकाले सो पुस्तक लेखन र लोकार्पण सही समयमा गरिएको बताए ।

उनले सो पुस्तकमा बौद्धिक सम्पत्ति सम्बन्धि कानूनलाई सहज र सरल भाषामा प्रस्तुत गरिएकोसमेत बताए । पछिल्लो समय चर्चामा रहेको एमसीसीलाई लिएर पनि बौद्धिक सम्पत्तिको बहस छेडिएकाले सो पुस्तकले बौद्धिक सम्पत्तिको विषयलाई बुझ सजिलो बनाउने दाबीसमेत गरे ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ६ : ३७ बजे

दुर्गा प्रसाईंलाई विमानस्थलबाट समातेर ठिमी लगिँदै

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अगुवा

रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह

कीएभ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसका तेल प्रशोधन केन्द्र

आफ्नै ढंगले महाधिवेशन प्रक्रिया अघि बढाउने कांग्रेस इतरको निर्णय

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई

तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले हरितालिका तीज पर्वले सामाजिक

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

ख्वप (भक्तपुर)- भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा