अमेरिकाद्वारा नेपाललाई २३१ रनको विजयी लक्ष्य « Khabarhub

अमेरिकाद्वारा नेपाललाई २३१ रनको विजयी लक्ष्य


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत अमेरिकाले नेपालसमक्ष २३१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकटको क्षतिमा २३० रन बनाएको हो ।

अमेरिकाका लागि मोनांक पटेलले शतक प्रहार गरे । उनले ११४ बल खेल्दै शतक बनाएका हुन् ।

नेपालका लागि सुशान्त भारीले १० ओभरमा ३१ रन दिएर २ विकेट लिन सफल भए । यसैगरी लेग स्पीनर सन्दीप लामिछानेले १० ओभर बलिङ गर्दै २ विकेट लिए ।

नेपालका अर्का खेलाडी विक्रम शोबले ६ ओभर बलिङ गर्दै ३३ रन दिएर २ विकेट लिए । अर्का खेलाडी कुशल मल्लले एक विकेट लिन सफल भए ।

केहीबेरपछि नेपालले ब्याटिङ गर्नेछ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ७ : ४८ बजे

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर

निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग

काठमाडौं – नेपाल निर्माण उद्योग परिषद्ले निर्माण उद्योगमा आपत्काल घोषणा

तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत

तनहुँ – यहाँको शुक्लागण्डकी नगरपालिकास्थित गाछेपानीमा आज दिउँसो भएको सवारी

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल