केपी ओलीसँग सम्पर्कको प्रयास बिफल भयो : सभामुख सापकोटा | Khabarhub Khabarhub

केपी ओलीसँग सम्पर्कको प्रयास बिफल भयो : सभामुख सापकोटा


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन सरकार वार्ता, छलफल र सहमतिका लागि तयार रहेको बताएका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले आयोजना गरेको सर्वदलीय बैठकमा उनले सदनमा विपक्षीको सम्मान जरुरी रहेको र द्वन्द्वको विकल्पमा जानुपर्ने भएकाले वार्ता, छलफल र सहमतिका लागि गठबन्धन तयार रहेको बताएका हुन् ।

पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवादबाट समाधान खोज्नुपर्ने भन्दै प्रमुख प्रतिपक्षी दल एमालेलाई छलफल र संवादमा आउन अनुरोध गरे ।

उनले अदालतको फैसला नआएको र निर्वाचन आयोगबाट निर्णय आएको सन्दर्भमा आआफ्नो दृष्टिकोण हुने भन्दै छलफल र सहमतिमा सभालाई संचालन गर्नुको विकल्प नभएको बताए ।

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्ष जिम्मेवार नभएको औँल्याए । उनले प्रतिनिधिसभाप्रति पूर्वाग्रह नराख्न र लोकतान्त्रिक संस्कार प्रदर्शन गर्न एमालेलाई अनुरोध गरे ।

अध्यक्ष नेपालले  संविधानको धारा ७६ (५) अन्तर्गत अदालतको फैसलाअनुसार पनि दल त्याग आकर्षित नहुने भन्दै विधि पुर्‍याएर आफ्नो पार्टी दर्ता भएको अवस्थामा अदालत र निर्वाचन आयोगको विरोध गर्नुको कुनै अर्थ नभएको दाबी गरे ।

मानवीय आवेग विस्तारै कम हुँदै जाने भन्दै असहमतिबीच सहमति खोजेर अघि बढ्न र संवाद जारी राख्न उनले सुझाव दिए ।

बैठकमा सभामुख सापकोटाले आफूले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सम्पर्क गर्न प्रयत्न गरेको तर धेरै प्रयास गर्दा पनि संभव नभएको जानकारी गराए ।

उनले आफू वार्ता र छलफलबाट समस्या समाधान हुने कुरामा विश्वस्त रहेको भन्दै आजको बैठकबाट थप ऊर्जा र प्रेरणा मिलेको बताए । सभामुख सापकोटाले आगामी दिनमा संवाद र सहमतिका लागि भरमग्दुर प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सभामुख सापकोटाले देश र जनताको अधिकतम हित, संविधानको रक्षा र ससंसदको गरिमालाई उँचो राख्न आफूले निष्ठाका साथ लाग्ने एवं जनतालाई निराश नबनाइने समेत बताए ।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रमुख प्रतिपक्षले संसद्को पक्षमा आफू रहेको कुरा पुष्टि गर्न पनि समझदारीमा आउनुपर्ने बताए । उनले हिजो संसद विघटन गर्ने आज संसद अवरोध गर्ने एउटै दल भएकाले प्रतिपक्षी दललाई यो संसदको पक्षमा नभएको देखिएको बताए ।

लोकतान्त्रिक समाजवादी दलका अध्यक्ष महन्थ ठाकुरले विगतमा पनि ५९ दिन सदन अवरुद्ध भएको तर पछि आपसी छलफलबाट सदन संचालन भएको स्मरण गर्नुहुँदै प्रमुख प्रतिपक्ष दललाई विश्वासमा लिएर अघि बढ्न सुझाव दिए ।

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलको असहमतिका कारण उत्पन्न गतिरोध अन्त्य गरी सदन संचालन गर्न र विधायिकी कार्य अघि बढाउने उद्देश्यले सभामुखले आज सर्वदलीय बैठक राखेका थिए । न्यूज कारखानाबाट

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ११ : २६ बजे

दसैँ अगाडि नै नागरिकका घरमा खानेपानी पुर्‍याउँछौँ : मन्त्री यादव

काठमाडौं– खाने पानीमन्त्री प्रदीप यादवले दसैँ अगाडि नै काठमाडौँवासीका घरमा

आजका समाचार :  परराष्ट्रसहित शीतल निवासमा प्रधानमन्त्री, दशैँमा पनि पानी पर्ने र माल्दिभ्सका राष्ट्रपति भारत भ्रमणमा 

परराष्ट्रमन्त्रीसहित प्रधानमन्त्री शीतल निवासमा, राष्ट्रसंघ महासभाबारे ब्रिफिङ राष्ट्रपति रामचन्द्र पौडेल

विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई

खोटाङ– हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित जयरामघाटका दिनेश राईको परिवार एक

५९ पालिका संकटग्रस्त : क्याबिनेटको निर्णय गुपचुप

काठमाडौं– सरकारले असोज दोस्रो साता परेको अविरल वर्षापछि गएको बाढीपहिरो

महानगरको बजार अनुगमन : २२ वटा पसलमा भेटिए म्याद गुज्रिएका सामान

काठमाडौं– काठमाडौँ महानगरपालिकाको बजार अनुगमन टोलीले १० दिनमा १३० वटा