खुकुरी उद्योगमा नाति पुस्ताको आकर्षण « Khabarhub

खुकुरी उद्योगमा नाति पुस्ताको आकर्षण


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– नाति पुस्ताका ३६ वर्षीय खगेन्द्र लकान्द्री फलामको हतियार बनाउने पुर्ख्यौली पेसालाई व्यवसायीक रुप दिन सफल भएका छन् । पुर्खौली शिपलाई आधुनिकीकरण र औद्योगिकीकरण गर्दै उनले सिरहाको कर्जन्हा नपा २, बन्दिपुमा मन्दिरा भोजपुरे खुकुरी उद्योग चलाउँदै आइरहेका छन् ।

बालिघरे प्रथाअनुसार चल्दै आएको पुर्ख्योली पेसालाई उनले उद्योगको रुपमा सञ्चालन गरेका छन् । एक डोको धान, मकैको भरमा कुनै समय बुवा हजुरबुवाले वर्षभरी विष्टको काम गर्ने चलनको अन्त्य गर्दै उनी व्यसायिकतामा लागेका हुन् । व्यवसायिकताले उनको कमाई र मानसम्मान दुबै बढेको बताउँछन् ।

उनको उद्योगमा अहिले दैनिक १० जना कारिगर कार्यरत छन् । उनीहरुले मासिक ४० देखि ६० हजारसम्म कमाउने गरेको छ । उनीहरुलाई खुकुरीको साइज र सजावटअनुसार एउटाको ६ सय देखि ३ हजारसम्म ज्याला दिने गरेको उनले बताए ।

भोजपुर, धरान हुँदै व्यवसायकै सिलसिलामा २०५३ मा खगेन्द्रको हजुबुवा प्रभुराम विश्वकर्मा यहाँ आइपुगेका हुन् । हजुरबुवा र बुवा टंकबहादुर विश्वकर्माले सुरु गरेको खुकुरी उद्योग अहिले खगेन्द्रले सम्हालेका छन् ।

पहिला–पहिला यही पेसाका कारण सबैले हेप्छ भन्ने लागेर पुर्ख्योली पेसा नगर्ने सोंचमा थिए । स्थानीय फुलकुमारी महतो राष्ट्रिय माध्यमिक विद्यालयमा वाणिज्य शास्त्रमा स्नातक गरेका खगेन्द्रले एकाउन्टेन्टको काम गरे । त्यहाँ उनले न्यून पारिश्रमिकमा ५–६ वर्ष काम पनि गरे ।

अहिले यो पेसामा सम्मान र कमाई दुवै भएको खगेन्द्र बताउँछन् । उनले भने, ‘हामीले पुर्ख्यौली पेशालाई व्यसायीकरण गर्दै गयौं, अहिले आम्दानी पनि सन्तोषजनक छ ।’ व्यसायिकीकरण गरेपछि यो व्यवसायलाई सम्मानको रुपमा हेरिन थालेको उनको बुझाई छ ।

लकान्द्री विश्वकर्माले गर्दै आएको पेसालाई व्यवसायिकीकरण गर्न राज्यले पनि पहल गर्नुपर्ने औंल्याउँछन् । व्यसायिकीकरण नभएसम्म आर्थिक र सामाजिक अवस्थामा सुधार ल्याउन नसकिने उनको बुझाई छ ।

खगेन्द्र स्थानीय समाजिक सेवा, राजनीतिमा सक्रिय रहे पनि मुख्य पेसा खुकुरी उद्योग नै बनेको छ । उनी हाल कर्जन्हा नगरपालिका २ नम्बर वडाका निर्वाचित वडा सदस्यसमेत हुन् ।

विद्यालयमा कामअनुसारको कमाई नभएर खिन्न खगेन्द्र २०७१ मा हजुरबुवा वित्नुभएपछि बुवालाई सघाउँदै खुकरी उद्योगमा सक्रिय भए । बुवाआमा अमेरिका निवासी कम्प्युटर इन्जिनियर दाई विष्णु लकान्द्रीकोमा २०७३ मा गएपछि भने उद्योग उनकै जिम्मा आएको छ ।

‘खुकुरी बनाउन मात्रै समस्या हो । अहिलेसम्म बजारको खासै अभाव भएको छैन,’ लकान्दीले भने, ‘पहिला यहाँ बनाएको खुकुरी सेना, सशस्त्र प्रहरी क्याम्पमा एकैपटक चार–पाँच सय जान्थे । अहिले खुद्रा बजारमै सकिने गरेको छ ।’

अत्याधुनिक हतियारको विकास भए पनि खुकुरी, गोर्खाली खुकुरी अझै विश्वभरी प्रख्यात छ । लकान्दीले भने, ‘ठूलठूला युद्ध, विश्व युद्धमा नेपाली खुकुरीले ठूलो चमत्कार गरेको छ । विश्वमा अझै गोर्खाली सेना र खुकुरीलाई वीरताको प्रतिकको रुपमा लिने गरेको छ ।’

खगेन्द्रका बुवा टंकबहादुरले खुकुरी व्यवसायको आम्दानीबाटै जेठो छोरो विष्णुलाई कम्प्युटर इन्जिनियर, कान्छो छोरो खगेन्द्रलाई व्यवस्थापनमा स्नात्तक र छोरीलाई स्टाफ नर्स पढाए ।

यहाँ बनाएको खुकुरी न्यूनतम १ हजार ५ सयदेखि अधिकतम १५ हजार सम्ममा विक्री हुने गरेको खगेन्द्रले बताए । उनले भने, ‘खुकुरीको साइज, त्यसको बनावट र मेहनतको आधारमा मूल्य निर्धारण हुने गर्छ ।’ उनले आफ्नो उद्योगमा १६ सयदेखि १५ हजार मूल्यसम्मको खुकुरीहरु राख्ने गरेका छन् । न्यूज कारखानाबाट

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  १० : ३५ बजे

काभ्रेमा पक्की पुलका सात नयाँ योजना, १२ निर्माणाधीन

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया

लक्ष्य हासिल गर्न सक्ने गरी मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना बनाउनुपर्ने

काठमाडौं – मनुसन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्दिष्ट लक्ष्य

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौं – सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै

ट्रम्पको चेतावनीपछि इजरायलले गर्‍यो इरानी ग्यास उद्योग परिसरमा आक्रमण

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलमार्ग स्वतन्त्र आवागमनका

आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वार्णिम वाग्लेले आगामी जेठ १५ मा