बसमा यात्रा गर्दा बान्ता हुँदा के गर्ने ? « Khabarhub

बसमा यात्रा गर्दा बान्ता हुँदा के गर्ने ?


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दशैंमा घर जाने अहिले चटारो छ । सार्वजनिक यातायातमा अहिले दशैं मान्न घर जानेहरुको भिड थेगिनसक्नु हुन्छ । यस्तोमा बसमा यात्रा गर्ने कतिपयलाई बान्ता हुने गर्दछ । प्रायजसो लामो दुरीको यात्रा गर्दा बान्ता हुने गर्दछ ।

कसैलाई यात्रामा निस्कन साथ बान्ता हुन्छ भने कसैमा लामो यात्रा गर्दा यो समस्या देखा पर्दछ । यात्रा गर्ने क्रममा बान्ता हुनु एक कष्टकर क्षण हो । यसले शरीर कमजोर बनाउने मात्र होइन यात्रा नै नरमाइलो हुन्छ ।

बान्ता हुनुअघि देखा पर्ने लक्षण :
– मुखमा पानी आउनु
– वाकवाकी लाग्नु
– टाउको दुख्नु
– छटपटि हुनुु
– पेट बाउडिने आदि

बान्ता हुनबाट बच्न के गर्ने ?
– मास्कको प्रयोग गर्ने ।
– यात्रामा अनिवार्य खाना खाने ।
– टाढाको दृश्य हेर्ने ।
– चिल्लो कम भएको खानेकुरा खाने ।
– दुग्धजन्य पदार्थ, गुलियो, कोक नखाने ।

बान्ता रोक्ने घरेलु उपाय
क) ल्वाङ
यात्रा गर्ने क्रममा ल्वाङ मुखमा राखेर चुस्नाले वाकवाकी र बान्ता हुदैन ।

ख) अदुवा
यात्रा गर्नुअघि अदुवा मिसाएको चिया खाएर यात्रा गरे बान्ता हुदैँन । साथै यात्रामा अदुवाको टुक्रका मुखमा राखेर चपाउँदा पनि बान्त हुदैँन ।

ग) धनिया
धनियाको केहि दाना मुखमा राखेर चपाउनाले पनि वाकवाकी लाग्दैन ।

घ) जामुन
जामुनको पात वा फलमा बान्ता रोक्ने औषधीय गुण हुन्छ त्यसैले जामुनको रस निकालेर पिउँदा पनि बान्ता हुदैन ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  १२ : ४१ बजे

अर्थ तथा योजना समितिको वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष अर्थ तथा योजना समितिका

अमेरिका र इरानबीच ४५ दिने युद्धविराम प्रस्ताव

वासिङ्टन- इरान र संयुक्त राज्य अमेरिकाबीच तीव्र बन्दै गएको युद्धका

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक सेवा

धौलागिरि र अन्नपूर्ण आरोहण गर्न ४४ जनाले अनुमति लिए

म्याग्दी– चालु वसन्त याममा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४४

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीति,