तेह्रथुमका लेकमा देखिन छाडे भेडीगोठ « Khabarhub

तेह्रथुमका लेकमा देखिन छाडे भेडीगोठ


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– कुनै समय तेह्रथुमका लेकाली भेगमा जताततै भेडीगोठ देखिन्थे । कतिपय किसानको प्रमुख पेशा व्यवसाय नै भेडापालन हुने गर्थ्यो । एउटै गोठमा सयौं भेडा हुन्थे । तर, केही वर्षयता यहाँका लेकहरूमा मुस्किलले भेडीगोठ देखिन्छन् । भएका गोठमा पनि केही संख्या मात्रै भेडाहरू हुने गरेका छन् ।

भेडापालनबाट राम्रो आम्दानी हुँदैहुँदै पनि अहिले यो पेशा संकटमा परेको छ । बढ्दो सहरीकरण र सामुदायिक वन मासिँदै गएकाले पेशा नै संकटमा परेको आङदिमका हिक्मत लिम्बुले बताए । ‘भेडाको ऊनबाट राडीपाखी बनाईथ्यो तर पछिल्लो समय राडीपाखी बनाउन पनि छाड्दै गए,’ लिम्बुले भने ।

उनले पनि अहिले जम्मा १५ माउ भेडा पालेका छन् । भेडापालनबाट आम्दानी पनि राम्रै हुने उनले बताए । उनले भने, ‘भेडाको मुल्य पनि राम्रै छ तर चरन पनि छैन ।’ भेडाबाट निकालेको ऊन पनि बिक्री हुन छाडेको उनले बताए ।

आङदिमकै रोमा ठकुरी पनि भेडापालनबाट राम्रै फाइदा हुने भए पनि पाल्न छोडेको बताइन । उनले भनिन्, ‘पाल्ने मन भए पनि चरनको समस्याले छाडेँ ।’ अहिले गाउँमा भेडा पाल्ने मानिस नै भेटिन छाडेको उनले बताइन । भेडाको ऊनबाट बन्ने राडीपाखी पनि प्रयोग हुन छाडे ।

राम्रा र चिल्ला चलनी कपडाका कारण राडीपाखी विस्थापित बनेको उनको भनाइ छ । तेह्रथुमको वसन्तपुर, फुलेक, आङदिम, सुदाप लागयतका लेकाली क्षेत्रमा भेडापालनका लागि चर्चित थिए ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ६ : १८ बजे

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ

आज २०८२ साल माघ ९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ